अमेरिकी पूर्व विदेशमन्त्री जर्ज सुल्ट्जको एकसय बर्षको उमेरमा निधन


प्रकाशित मिति : माघ २५, २०७७ आईतबार

अमेरिकाका पूर्व विदेशमन्त्री जर्ज सुल्ट्जको एकसय बर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति रोनाल्ड रेगनका पालामा विदेशमन्त्री भएका उनको क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा निधन भएको हो ।

रोनाल्ड रेगनको पालामा झण्डै ६ बर्ष विदेशमन्त्री भएका उनले त्यसअगाडि राष्ट्रपति रिचर्ड निक्सनका पालामा अमेरिकाको श्रममन्त्री, अर्थमन्त्री र बजेट तथा व्यवस्थापन कार्यालयका निर्देशकका रुपमा समेत काम गरेका थिए । राष्ट्रपति ड्वीट इसेनहावरका पालामा पनि उनले अर्थविदका रुपमा काम गरेका थिए ।

अमेरिकी विदेशमन्त्री रहेको बेलामा उनले सन् १९८० को दशकमा मध्यपूर्वमा शान्तिका लागि मार्ग प्रसस्त गर्न र शोभियत संघसँगको शीतयुद्धकालिन सम्बन्ध सुधारका लागि भूमिका खेलेका थिए । जर्ज सुल्ट्ज अहिलेसम्मका सबैभन्दा बढी उमेरसम्म बाँचेका मन्त्री थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९२० मा न्युयोर्कमा जन्मिएका र न्युजर्सीमा हुर्किएका उनले एमआईटीबाट सन् १९४९ मा अर्थशास्त्रमा पीएचडी गरेका थिए । उनले एमआईटी र युनिभर्सिटी अफ शिकागोमा पढाएका समेत थिए । पहिलो पत्नीको निधन भएको दुईबर्षपछि उनले उनले सन् १९७७ मा शार्लोट मेलार्डसँग विवाह गरेका थिए । जर्ज सुल्ट्जका ५ छोराछोरी, ११ नातिनातिनी र ९ पनातिनातिनी रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com