अमेरिकामा लुटपाटको प्रयाङक भिडियो बनाउँदा साँच्ची ठानेर गोली प्रहार, युट्युबरको मृत्यु
प्रकाशित मिति : माघ २४, २०७७ शनिबार
अमेरिकाको नासभिलमा युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्ने एकजना युवाको गोली लागेर मृत्यु भएको छ । नासभिल विजनेशको पार्किङ लटमा शुक्रबार राती युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउँदै गर्दा गोली हानिएको थियो ।
२० बर्षका तिमोथी विल्कस र उनका साथीले उक्त भिडियो बनाउँदै थिए । उनीहरु एउटा चक्कु बोकेर मान्छेहरुको समुहतिर आएका थिए । उक्त समुहमा डेभिड स्टान्र्सनामका २३ बर्षका व्यक्ति समेत थिए । उनले चक्कु बोकेर आफूतिर आउँदै गरेका युट्युबरलाई साँच्चीकै लुटेरा ठानेर गोली हानेका थिए ।

उनले आफूहरुमाथि प्रयाङक भइरहेको थाहा नपाएको र साँच्चीकै लुटेराहरु चक्कु सहित आएको ठानेर प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी समक्ष बयान दिएका छन् । घटना शुक्रबार बेलुका साढे ९ बजेतिर भएको हो ।
Metro Police are investigating a self-defense claim in a deadly shooting Friday night after a YouTube prank went wrong. https://t.co/DzSrWT993B pic.twitter.com/F5mbaATkbH
— WSMV News4 Nashville (@WSMV) February 6, 2021
घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने युवालाई प्रहरीले कुनै अभियोग लगाएको छैन । गोली चलाउने व्यक्तिलाई बन्दुक बोक्ने अनुमति भए नभएकोबारे पनि केही खुलेको छैन ।






