रातभरको ‘भोट अ रामा’ पछि सिनेटबाट १.९ ट्रिलियनको राहत रिजोलुसन पारित


प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार

रातभरको ‘भोट अ रामा’ पछि सिनेटबाट १ .९ ट्रिलियन डलरको राहत रिजोलुसन पारित भएको छ । रातभरको प्रकृयापछि शुक्रबार विहान रिजोलुशन पारित भएको हो ।

उपराष्ट्रपति कमला ह्यारिसको टाइब्रेक मतपछि ५१-५० मतले रिजोलुसन पारित भएको हो । उपराष्ट्रपति ह्यारिसले पहिलोपटक टाइब्रेक मतको प्रयोग गर्नुपरेको हो । त्यसपछि विहान ६ बज्नुभन्दा केहीबेर अगाडिमात्र ५० जना डेमोक्रेटिक सांसदको समर्थनमा रिजोलुसन पारित भयो ।

बजेट रिजोलुशन पारित गर्नु रिपब्लिनको सहायताविना नै फिलिबस्टर ६० भोट नचाहिनेगरी सामान्य बहुमतबाटै राहत प्याकेज पारित गर्नका लागि एउटा मुख्य भाग हो । अब सिनेटमा रिपब्लिकनको सहायता विना पनि सामान्य बहुमतबाट राहत प्याकेज पारित हुनेछ । रिपब्लिकनले प्रकृयालाई ढिलो बनाउन श्रृंखलाबद्ध भोटहरु गर्नुपर्ने ‘भोट अ रामा’ प्रकृयामा जानका लागि डेमोक्र्याट्सहरुलाई बाध्य पारेका थिए ।

प्रतिनिधिसभाबाट बजेट रिजोलुसन यसैसाताको सुरुमा पारित भइसकेको छ । यो रिजोलुसनले अब सदनमा सामान्य बहुमतले पारित गर्ने राहत प्याकेज ल्याउनका लागि गाडीको काम गर्दछ । अन्तिम राहत प्याकेजमा पनि छलफलका लागि २० घण्टा छुट्याइएनेछ । त्यसपछि दुबै सदनमा राहत प्याकेज नै पारित गर्नका लागि मतदान हुनु अगाडि अर्को ‘भोट अ रामा’ हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के हो ‘भोट अ रामा’ ?

‘भोट अ रामा’ सिनेटमा अपनाइने एउटा विधि हो । जब सिनेटमा बहुमतप्राप्त दलले कुनै विवादित बिल पारित गर्न खोज्छ, त्यतीबेला अर्को पक्षले राजनीतिक दबाब श्रृजना गर्नका लागि भोट अ रामा प्रकृयामा जान बाध्य पार्छ । यो प्रकृया प्राय रातभर नै चल्ने गर्छ । यो प्रकृया अन्तरगत सिनेटरहरुले विभिन्न प्रकारका सुधारका प्रस्तावहरु ल्याउन सक्छन् ।

ती प्रस्तावहरुमा एकपछि अर्को गर्दै मतदान हुन्छ । सिनेटरहरुलाई हरेक प्रस्तावमा पक्ष वा विपक्षमा मतदान गर्नका लागि १० मिनेटमात्र समय छुट्याइएको हुन्छ ।

 

के के संसोधन प्रस्ताव पारित भए ?

सिनेटमा संघीय ज्याला न्यूनतम घण्टाको १५ डलर बनाउने बाइडेनको योजनाको मुख्य भाग सिनेटबाट अस्वीकृत भएको छ । सिनेटरहरुले महामारीको बेलामा ज्याला बढाउनमा रोक लगाउने आयोवाका रिपब्लिकन सिनेटरको संसोधन प्रस्तावलाई पारित गरेको छ ।

रिपब्लिकनले ल्याएका कैयन संसोधनका प्रस्तावहरु यो प्रकृयाबाट रातभर अस्वीकार गरियो । कतिपय सुधारका प्रस्तावले दुईदलीय समर्थन पनि प्राप्त गरे । रेष्टुरेण्ट उद्योगलाई सहयोग गर्ने रिपब्लिकन सिनेटरको एउटा संसोधन प्रस्ताव ९० भोटले स्वीकृत भयो ।

त्यस्तै राहत चेक पाउने सन्दर्भमा उच्च आम्दानी भएका नागरिकलाई रोक्ने डेमोक्रेटिक सिनेटर जोन मन्चिन र रिपब्लिकन सिनेटर सुजन कोलिन्सको संसोधनलाई पनि स्वीकार गरिएको छ । तर उच्च आम्दानी कति भन्ने तय गरिएको छैन । कागजपत्रविहिनलाई राहत चेक दिनबाट रोक्ने रिपब्लिकन सिनेटरको संसोधन प्रस्ताव पनि पारित भएको छ ।

अब पारित भएका सबै संसोधनलाई समेटेर राहत प्याकेज सदनमा आउनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com