फेब्रुअरी ११ बाट अमेरिकामा वालग्रिन, सीभीएस, राइट एड लगायतका फार्मेसीबाटै भ्याक्सिन


प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार

फेब्रुअरी ११ बाट अमेरिकामा फार्मेसीबाटै कोरोनाबिरुद्धको भ्याक्सिन वितरण गरिने भएको छ । भ्याक्सिनमा सबै योग्यहरुको पहुँच कायम गर्नका लागि बाइडेन प्रशासनले नयाँ व्यवस्था गर्न लागेको हो ।

योग्यहरुले देशभरका तय भएका फार्मेसीहरुबाट भ्याक्सिन प्राप्त गर्न सक्ने भएका छन् । २१ वटा राष्ट्रिय फार्मेसी पार्टनरहरु र स्वतन्त्र फार्मेसीहरुको नेटवर्कसँगको सहकार्यमा भ्याक्सिन वितरण गरिने भएको छ । जसमा देशभरका झण्डै ४० हजार फार्मेसीहरु सुचीकृत छन् ।

यो कार्यक्रम अन्तरगतको पहिलो चरणमा देशभरका छानिएका फार्मेसीहरुले योग्यहरुलाई भ्याक्सिन वितरण गर्नका लागि निशुल्क तर सिमित भ्याक्सिनका शीशीहरु पाउनेछन् । सुरुको चरणमा केही फार्मेसीहरुमा भ्याक्सिन सिमित भ्याक्सिन उपलब्ध हुने भएकाले नजिकको फार्मेसीमा भ्याक्सिन उपलब्ध भए नभएको उनीहरुकै वेवसाइटमा गएर हेर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्याक्सिनका लागि छनौट भएका फार्मेसी नेटवर्कहरुमा वालग्रिन, सीभीएस, वालमार्ट, राइट एड, कोस्ट्को लगायत रहेका छन् । सुरुको चरणमा भने देशभरका झण्डै साढे ६ हजार फार्मेसीहरुमा मात्र झण्डै १ मिलियन डोज उपलब्ध गराइने जनाइएको छ ।

त्यस्तै राज्यहरुमा पठाउने भ्याक्सिनको डोजमा पनि बाइडेन प्रशासनले  बृद्धि गर्ने भएको छ । हरेक साता कम्तीमा साढे १० मिलियन भ्याक्सिनका डोजहरु डेलिभर गरिने जनाइएको छ ।

अहिलेसम्म अमेरिकामा ५२ मिलियन भन्दा धेरै भ्याक्सिनका डोजहरु वितरण गरिसकिएको छ । बाइडेन प्रशासनले आफ्ना एकसयदिनमा एकसय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ । डिसेम्बरको दोश्रोसातादेखि अहिलेसम्म जम्मा साढे २६ मिलियनलेमात्र भ्याक्सिन प्राप्त गरेका छन् ।

न्युयोर्कमा ६५ बर्षभन्दा माथिका सबै, ग्रोसरी स्टोरमा ग्राहकतिर अनुहार फर्काएर काम गर्नुपर्नेहरु, अग्नीनियन्त्रक, प्रहरी, जनसुरक्षा संचारमा काम गर्नेहरु, कोर्ट अफिसरहरु, जेलमा काम गर्नेहरु, शिक्षण संस्था र चाइल्ड केयरमा काम गर्नेहरु, सार्वजनिक यातायातमा काम गर्नेहरु, होमलेस सेल्टरमा रहनेहरु भ्याक्सिन प्राप्त गर्न योग्य छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com