आङ सान सू ची सहित म्यानमारका राष्ट्रपति गिरफ्तार, राजधानीमा फोन र इन्टरनेट अबरुद्ध


प्रकाशित मिति : माघ १८, २०७७ आईतबार

म्यानमारकी नेतृ आङ सान सू ची र अन्य सरकारी उच्च पदस्थहरुलाई त्यहाँको सेनाले पक्राउ गरेको छ । सेना र नागरिक सरकारबीच उत्पन्न तनावपछि सेनाले उनीहरुलाई हिराशतमा लिएको जनाइएको छ । सेनाले त्यहाँको चुनावमा धाँधली भएको बताउँदै आएको थियो ।

गत नोभेम्बरमा भएको चुनावमा नेशनल लिग फर डेमोक्रेसीले विजयी भएको घोषणा गरेको थियो । म्यानमारमा सैन्य शासनको अन्त्य भएयताको यो दोश्रो चुनाव थियो । बर्माका रुपमा चिनिने म्यानमारमा सन् २०११ सम्म शैन्य शासन रहेको थियो ।

आङ सान सू ची सहित राष्ट्रपति यू वीन मिन्टलाई पनि गिरफ्तार गरिएको छ । सोमबार विहानै उनीहरुलाई सेनाले गिरफ्तार गरेको हो । उनीहरुको गिरफ्तारीपछि राजधानीका सडकहरुमा सेनाहरु मार्चपास गरिरहेका छन् । म्यानमारको राजधानीमा इन्टरनेट र फोन लाइन पनि काटिएको छ । सेनाले मुख्यमन्त्रीहरुका घरघरमा पुगेर उनीहरुलाई पनि गिरफ्तार गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरी २९ मा म्यानमारमा रहेका अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया लगायतका १६ अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरुले त्यहाँको सेनालाई प्रजातान्त्रिक मूल्य मान्यताको पालना गर्न आग्रह गर्दै संयुक्त वक्तब्य निकालेका थिए । उनीहरुले चुनावको नतिजा बदल्न वा म्यानमारको लोकतान्त्रिक संक्रमणमा बाधा ल्याउने कुनै पनि प्रयासको विरोध गर्ने बताएका थिए ।

आङ सान सू ची म्यानरमा प्रजातन्त्रपवादी नेतृका रुपमा परिचित थिइन् । उनले झण्डै २ दशक नजरबन्दमा बिताएकी थिइन् । सन् २०१५ मा उनको पार्टीले भारी जीत हासिल गरेपछि उनी स्टेट काउन्सिलरका रुपमा प्रधानमन्त्री सरहको पदमा रहेकी थिइन् । राष्ट्रपति हुनमा उनलाई रोक लगोपछि संवैधानिक छिद्रको प्रयोग गरेर यो पद श्रृजना गरिएको थियो ।

पछिल्लो समयमा रोहिंग्या मुस्मिल समुदायमाथि नरसंहारको आरोपको कारण उनको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com