अमेरिकामा साढे २ करोडले लगाए कोरोनाबिरुद्धको भ्याक्सिन, अगस्तसम्म सबैलाई


प्रकाशित मिति : माघ १८, २०७७ आईतबार

अमेरिकामा झण्डै साढे २ करोडले कोरोनाबिरुद्धको भ्याक्सिन पाइसकेको सीडीसीले जनाएको छ । शनिबार विहानसम्मको तथ्यांक अनुशार २ करोड ४० लाख ६४ हजार १ सय ६५ जनाले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गरिसकेका छन् । त्यसमा दुबै डोज प्राप्त गर्नेहरु ५२ लाख ५९ हजार ६ सय ९३ जना रहेका छन् ।

अमेरिकामा झण्डै ५० मिलियन अर्थात् ४ करोड ९९ लाख ३२ हजार ८ सय ५० डोज भ्याक्सिन डेलिभर भइसकेको छ । अमेरिकामा कुल संक्रमितहरुको संख्याको तुलनामा भ्याक्सिन प्राप्त गर्नेहरुको संख्या अझै कम रहेको छ । अमेरिकामा कुल संक्रमितको संख्या झण्डै २ करोड ५८ लाख पुगेको छ । मृतकको संख्या पनि ४ लाख ३५ हजार नाघिसकेको छ ।

न्युयोर्कमा अहिलेसम्म झण्डै ३० लाख भ्याक्सिनका डोज डेलिभर गरिएको छ भने झण्डै १५ लाखले भ्याक्सिन पाइसकेका छन् । न्युयोर्कमा दुईवटै डोज प्राप्त गर्नेहरुले सबा तीनलाख नाघिसकेका छन् । अमेरिकामा उल्लेख्य संख्यामा नेपालीहरुले पनि कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिन लगाउनेहरुमध्ये केहीले सामान्य ज्वरो आउने र जिउ दुख्ने जस्ता साइड इफेक्टको सामना गरेपनि गम्भिर प्रकारका साइड इफेक्ट भने कसैलाई देखिएको समाचार प्राप्त भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालको सुरुको १ सय दिनमा एक सय मिलियन कोरोनाबिरुद्धको भ्याक्सिनका डोज वितरणको योजना बनाइएको छ । यो योजना सम्भव भएको अमेरिका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले बताएका छन् । फाउचीले बाइडेनको मेडिकल सल्लाहकारका रुपमा काम गर्दैछन् ।

भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह

यदि अमेरिकामा ७० देखि ८५ प्रतिशतले भ्याक्सिन प्राप्त गरेको खण्डमा हर्ड इम्युनिटीको छाता प्राप्त हुनसक्ने विश्वास गरिएको छ । अमेरिकामा एकातिर भ्याक्सिन वितरण तीब्र गतिमा भइरहेको छ भने अर्कोतर्फ संक्रमितहरुको संख्या पनि निकै डरलाग्दो रहेको छ ।

बाइडेन प्रशासनले भ्याक्सिनका थप २ सय मिलियन डोजहरु किन्ने भएको छ । जस अनुशार अमेरिकाले फाइजर र मोडेर्नाका कुल ६ सय मिलियन भ्याक्सिन प्राप्त गर्ने भएको छ । जुन अमेरिकाको जनसंख्यालाई प्रयाप्त हुने अपेक्षा गरिएको छ । आगामी अगस्तसम्म अमेरिकामा सबैले भ्याक्सिन प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com