एकतिहाई सानो नयाँ राहत प्याकेज प्रस्तावसहित १० रिपब्लिकन सिनेटरको ह्वाइटहाउसलाई पत्र


प्रकाशित मिति : माघ १८, २०७७ आईतबार

डेमोक्र्याट्सहरुले प्रस्ताव गरेको भन्दा झण्डै एकतिहाई सानो नयाँ राहत प्याकेज प्रस्तावसहित १० जना रिपब्लिकन सिनेटरले ह्वाइटहाउसलाई पत्र लेखेका छन् । १० जना रिपब्लिकन सिनेटरको समर्थन भएमा फिलिबस्टर मतबाट प्याकेज पारित हुने सम्भावना भएकाले दुईदलीय सहमतिका लागि उनीहरुले ह्वाइटहाउसलाई पत्र लेखेका हुन् ।

रिपब्लिकनले समर्थन नगरेको खण्डमा बजेट प्रकृयाबाट ५१ मतबाटै राहत प्याकेज पारित गर्ने डेमोक्र्याट्सहरुले तयारी गरिरहँदा राष्ट्रपति जो बाइडेनसँग छलफलका लागि अनुरोध गर्दै पत्र पठाइएको हो । बाइडेनको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजको साटो रिपब्लिकन सिनेटरले ६ सय बिलियनको मात्र राहत प्याकेज प्रस्ताव गरेका छन् । उनीहरुले प्याकेज प्रस्ताव सोमबार सार्वजनिक गर्ने योजना बनाएका छन् ।

उनीहरुले १४ सय डलरको राहत चेकको साटो १ हजार डलरको राहत चेकको व्यवस्थासहित राहत प्याकेज प्रस्ताव ल्याउन लागेको जनाइएको छ । ह्वाइटहाउसलाई पठाएको पत्रमा रिपब्लिकन सिनेटरहरु टोड यांग, माइक राउण्डस, मिट रोम्नी, शेली मुर क्यापिटो, जेरी मोरन, थम टिल्स लगायतले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा रहेको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज प्रतिनिधिसभाबाट पारित गर्न त सहज छ । तर सिनेटमा फिलिबस्टर भोटको आवश्यकता पर्ने भएकाले उक्त ६० भोट जुटाउनका लागि १० जना रिपब्लिकन सांसदहरुलाई मनाउनुपर्ने हुन्छ । त्यसका लागि प्याकेजको रकम घटाउन रिपब्लिकन सांसदहरुले माग गरेका छन् । अन्यथा ६० भोटको थ्रेसहोल्डलाई बाइपास गर्नका लागि बजेट प्रकृया अगाडि बढाउनुपर्ने हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा उदार मध्येकी एक रिपब्लिकन सिनेटर सुजन कोलिन्सले आफूले भ्याक्सिन फण्ड बढाउनुपर्नेमा सहानुभूति राख्ने भएपनि यति ठूलो प्याकेज आवश्यक नभएको बताएकी छिन् । भर्खरै ९ सय बिलियनको राहत प्याकेज पारित भएको अवस्थामा तत्कालै ठूलो प्याकेज पारित गर्न आवश्यक नभएको उनको भनाई छ ।

त्यस्तै उदार मानिने रिपब्लिकन सिनेटर लिसा मुर्कोस्कीले बाइडेनको आव्हान महत्वपूर्ण भएको बताएपनि ९ सय बिलियनको राहत प्याकेजको मसी सुक्न नपाएको बताएकी छिन् । उनले उचित रकमको राहत प्याकेज आवश्यक हुने बताएकी छिन् ।

त्यस्तै रुढीबादी र पार्टीलाइन विपरित अगाडि बढ्ने रिपब्लिकन सिनेटर मिट रोम्नीले अर्को एक ट्रिलियन वा ५ सय बिलियनको विशाल राहत प्याकेज तत्काल चाहिने पक्षमा आफू नरहेको बताएका छन् । अर्थतन्त्र कोरोनाका कारण पछाडि परेको तर राहत नदिएका कारण पछाडि नपरेको बताएका छन् । सबैले भ्याक्सिन लगाएपछि अर्थतन्त्र सुदृढ हुने उनले बताए ।

यदि रिपब्लिकनको समर्थन प्राप्त नभएको खण्डमा डेमोक्र्याट्सले फिलिबस्टर भोटलाई बाइबास गर्ने संसदीय विधि अपनाउन सक्नेछन् । बजेट प्रावधान अनुशार अगाडि बढेको खण्डमा सामान्य बहुमतबाट पनि बिल पारित हुनसक्नेछ । तर सकभर डेमोक्र्याट्सहरु दुईदलीय सहमति खोजेर अगाडि बढ्ने पक्षमा रहेका छन् ।

सिनेटको बजेट कमिटिको अध्यक्षता गर्ने सिनेटर बर्नी स्याण्डर्सले पनि रिपब्लिकनलाई सहमत बनाउने प्रयास फलदायी नभएको खण्डमा फिलिबस्टर भोटलाई बाइपास गर्ने बजेटको संसदीय प्रकृया अपनाउनुपर्ने बताएका छन् ।

बाइडेनको १ दशमलव ९ ट्रिलिनयको प्याकेज योजनामा १४ सय डलरको राहत चेकका अतिरिक्त ४ सय बिलियन डलर विद्यालय खोल्न र भ्याक्सिनका लागि छुट्याइएको छ । त्यस्तै काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलरको प्रावधान रहेको छ ।

कतिपय प्रावधानहरु ट्याक्स र खर्चसँग सम्बन्धित भएको खण्डमा एक आर्थिक बर्षमा एकपटक बजेट प्रकृयाबाट पारित गर्नसकिने जनाइएको छ । तर संघीय पारिश्रमिक कम्तीमा प्रतिघण्टा १५ डलर बनाउने जस्ता नियामक प्रावधानहरुका लागि भने फिलिबस्टर ६० भोटको आवश्यकता हुनेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com