ट्रम्पका पक्षबाट महाभियोगको प्रतिनिधित्व गर्ने पाँचैजना वकिलको टिमले छाड्यो ट्रम्पलाई


प्रकाशित मिति : माघ १८, २०७७ आईतबार

सिनेटमा महाभियोगको सुनुवाई सुरु हुनुभन्दा अगाडि महाभियोगको प्रतिनिधित्व गर्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पूर्ण कानूनी समुहले ट्रम्पलाई छोडेको छ । ट्रम्पको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएका सबै ५ जना वकिलहरुले ट्रम्पलाई छाडेका हुन् ।

साउथ क्यारोलिनाका वकिल बच बावेर्सको नेतृत्वको उक्त टिमले ट्रम्पको प्रतिरक्षा कसरी गर्ने भन्ने विषयमा विवाद भएपछि राजिनामा दिएको जनाइएको छ । ती वकिलहरुले पूर्व राष्ट्रपति भइसकेका ट्रम्पबिरुद्ध महाभियोगका लागि संवैधानिक आधारबारे तर्क गर्ने योजना बनाएका थिए ।

ट्रम्पले उक्त टिमलाई चुनावमा धाँधली भएकोबारे पनि तर्क गर्न भनेका थिए । तर वकिलहरु र ट्रम्पका केही सल्लाहकारहरुले राष्ट्रपतिका रुपमा पदमा नरहेको अवस्थामा महाभियोगका संवैधानिक आधारमा ध्यान केन्द्रीत गर्नुपर्ने बताएपछि विवाद भएको थियो । जसका कारण वकिलहरु राजिनामाको तहमा पुगेका छन् ।

सिनेटमा ४५ जना रिपब्लिकनहरुले पदमा नरहेका ट्रम्पलाई महाभियोग लगाउनु असंवैधानिक भएको पक्षमा मतदान गरिसकेका छन् । त्यसैले ट्रम्पबिरुद्धको महाभियोगको प्रस्ताव सिनेटबाट पारित हुने सम्भावना भने निकै कम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव गतसाता सिनेटमा पठाइसकिएको छ । प्रतिनिधिसभाका महाभियोग मेनेजरले महाभियोग प्रस्ताव सिनेटमा लगेका थिए ।

महाभियोगको मुद्दामा न्यायाधीशको रूपमा काम गर्ने सिनेटरहरुले गत मंगलबार शपथ लिइसकेका छन् । महाअभियोगबारेको ट्रायल सिनेटमा फेब्रुअरी ९ बाटमात्रै सुरु हुनेछ । जसबाट ९ जना प्रतिनिधिसभाका महाभियोग मेनेजर र ट्रम्पको प्रतिरक्षा टिमलाई कानुनी तयारीहरु गर्न समय दिइएको थियो ।

सिनेटमा हुने परीक्षणको अध्यक्षता पहिलोपटकको महाअभियोग प्रस्तावमा बेलामा जस्तो प्रधान न्यायाधिस जोन रोबोर्टसले नगर्ने भएका छन् । सिनेटका कार्यवाहक अध्यक्ष सिनेटर पेट्रिक लेहीले अध्यक्षता गर्ने जनाइएको छ ।

संविधान अनुशार यदि पदमा बहाल राष्ट्रपति बिरुद्धको प्रस्ताव भएमा प्रधानन्यायाधिसले र अन्य प्रस्तावका सन्दर्भमा सिनेटरले अध्यक्षता गर्ने व्यवस्था रहेको छ ।

बिद्रोहका लागि उत्तेजना फैलाएको आरोपमा ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव अमेरिकी संसदको प्रतिनिधिसभाबाट पारित भएको थियो । जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगाफसादमा ट्रम्पलाई हिंशा भड्काएको आरोप छ ।

ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव जनवरीको दोश्रो साता संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको थियो । महाभियोग प्रस्तावका पक्षमा २३२  र विपक्षमा १९७ मत खसेको थियो ।  ४ जना रिपब्लिकन मतदानमा सहभागी भएनन् ।

प्रस्तावबारे छलफलमा  डेमोक्रेटिक सांसदहरुले ट्रम्प पक्षधर आक्रमणकारीहरु आतंकारीहरु भएको र उनीहरुलाई ट्रम्पबाट कट्टर बनाइएको बताएका थिए । अमेरिकामा मेक अमेरिका ग्रेट अगेन नामको गृहयुद्ध सुरु गर्न खोजिएको उनीहरुले आरोप लगाएका थिए ।

ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाभियोग प्रस्ताव ल्याइएको हो । दुईपटक नै महाभियोग प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

महाभियोग पदमुक्त गर्ने प्रकृयामात्र नभएकाले ट्रम्पको पदावधी सकिएपछि पनि यसको प्रकृया अगाडि बढ्ने भएको छ । त्यस्तै महाभियोग सिनेटबाट पनि पारित भएमा ट्रम्पलाई अर्कोपटक चुनावमा उठ्न पनि स्वत पूर्णरुपमा प्रतिबन्ध भने नलाग्ने जनाइएको छ । यसबारे संविधानमा कुनै कुरा उल्लेख छैन । तर कसैलाई सार्वजनिक पद धारणबाट रोक लगाउनका लागि सामान्य बहुमतबाट निर्धारण गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com