बेलायतद्वारा हङकङका बेलायती नागरिकलाई भिसा दिने घोषणा


प्रकाशित मिति : माघ १८, २०७७ आईतबार

बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ ।

हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिक (विदेश)को मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले आवेदन दिन थालेका छन् ।

आइतबार अपराह्नदेखि बेलायती नागरिक (विदेश) पासपोर्ट भएका व्यक्ति र उनीहरुका आश्रित व्यक्तिले भिसाका लागि अनलाइन आवेदन गर्न सक्ने छन् । यस्ता व्यक्तिले पाँच वर्षपछि बेलायतको स्थायी नागरिकताका लागि आवेदन गर्न सक्ने बेलायत सरकारले घोषणा गरेको छ ।

चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि धेरै व्यक्तिले हङकङ छाड्न चाहेपछि बेलायतले पूर्व बेलायती नागरिकलाई यस्तो अवसर दिएको हो । बेलायतको पछिल्लो कदमपछि चीन अझ आक्रोशित भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गर्दा अरु ५० वर्ष हङकङको स्वायत्तता कायम राख्ने चीनले प्रतिबद्धता जनाएको थियो । तर बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हङकङमा सन् १९९७ अघि रहेका नागरिकप्रति बेलायतको विशेष जिम्मेवारी र दायित्व रहने बताउँदै उनीहरुको स्वतन्त्रता र स्वायत्तताका पक्षमा बेलायत सदैव उभिइरहने प्रबितद्धता व्यक्त गरेका छन् ।

चीनले भने बेलायतले हङकङका नागरिकलाई भिसा प्रदान गर्ने घोषणा गरेकाप्रति आपत्ति जनाएको छ । बेलायती नागरिक (विदेश) वर्गीकरणमा रहेर पासपोर्ट बाहक हङकङका नागरिकले यसका आधारमा यात्रा अनुमति नदिने चीनले जनाएको छ ।
चीनले बेलायतको पछिल्लो घोषणा औपनिवेशिक मानसिकताबाट ग्रस्त रहेको स्पष्ट गरेको छ । एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com