यसरी अमेरिका झिकाएर विवाह गर्न सकिन्छ मंगेतरलाई, आप्रवासन रोकमा मंगेतर भिसालाई छुट


प्रकाशित मिति : माघ १७, २०७७ शनिबार

डिसेम्बरमा अमेरिकी दूतावास काठमाडौले १७ जनालाई मंगेतर भिसा जारी गरेको छ । चालु आर्थिक बर्षको सुरुका दुईमहिना अक्टोबर र नोभेम्बरमा भने दूतावासले मंगेतर भिसा जारी गरेको थिएन । मार्च ३१ सम्मको आप्रवासन रोकमा यो भिसालाई छुट दिइएको छ । कसरी पाउन सकिन्छ मंगेतर भिसा अर्थात् के वान भिसा ? पढ्नुहोस् यसबारेका टिप्स ।

यदि तपाई अमेरिकी नागरिकताप्राप्त व्यक्ति हुनुहुन्छ भने तपाईले आफ्नो विदेशमा रहेको मंगेतरलाई अमेरिकामा बोलाएर विवाह गर्न सक्नुहुनेछ । के वान नामको यो भिसाले तपाईको मंगेतरलाई अमेरिकामा आउनमा अनुमति प्रदान गर्छ तर यसरी आउने व्यक्तिले अमेरिकामा रहेको आफ्नो मंगेतरसँग ९० दिनभित्र विवाह गरिसक्नुपर्छ ।

सामान्यतया मंगेतरका रुपमा अमेरिका आउने व्यक्ति र झिकाउने व्यक्तिबीच विगत २ बर्षभित्र भौतिक रुपमा नै भेट भएको हुनुपर्छ । तर विवाह अगाडि नै भेट्ने संस्कार नहुनेहरुको सन्दर्भमा भने अमेरिकी सरकारले उक्त कठिनायीको आधारमा भिसा स्वीकृत गर्नसक्छ ।

यो भिसामा मंगेतरलाई अमेरिकामा ल्याउनका लागि अमेरिकी सरकारको युएससीआईएसमा फर्म आई १२९ एफ भरेर आवेदन दिनुपर्छ । यो फर्म अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसका विदेशमा रहेका कार्यालयमा भर्न मिल्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोटो: सोनिस सिंजाली मगर ।

फर्म उचित शुल्क र कागजातसहित यो ठेगानामा पठाउनुपर्छ ।

यो आवेदन दिएपछि जब युएससीआईएसले तपाईको आवेदन स्वीकृत गर्छ, त्यसपछि केसलाई नेशनल भिसा सेन्टर समक्ष पठाउँछ । नेशनल भिसा सेन्टरले तपाईलाई केस नम्बर उपलब्ध गराउनुका साथै आवेदनलाई सम्बन्धित देशको दूतावासमा पठाउँछ ।

नेशनल भिसा सेन्टरबाट अन्तरवार्ताको तयारीका लागि पत्र आइसकेपछि डीएस १६० फर्म भर्नुपर्छ । त्यसपछि अन्तरवार्तामा जाँदा डीएस १६० भरेर अनलाइनमार्फत पेश गरेको कन्फर्मेशन, अद्यावधिक पासपोर्ट, जन्मदर्ता प्रमाणपत्र, पुलिस रिपोर्ट, स्वास्थ्य परिक्षण, फर्म आई १३४ भरेको स्पोन्सर, २ वटा तस्वीर, अमेरिकी नागरिक मंगेतरसँगको सम्बन्धको प्रमाण र तोकिएको शुल्क लिएर दूतावास वा कन्सुलेटमा जानुपर्छ । कागजातहरु अँग्रेजी भाषामा वा अँग्रेजीमा अनुवाद गरेर नोटरी गरिएको हुनुपर्छ ।

भिसा स्वीकृत भइसकेपछि कन्सुलर अफिस वा अमेरिकी दूतावासले भिसाका साथमा एउटा बन्द गरिएको प्याकेट समेत दिन्छ । यो प्याकेट नखोलीकनै अमेरिका आउने क्रममा अमेरिकाको विमानस्थलमा आइसकेपछि अध्यागमन अधिकारीहरुलाई बुझाउनुपर्छ । सामान्यतया मंगेतर भिसा ६ महिनाको हुने भएकाले ६ महिनाभित्र अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ ।

अमेरिका आइसकेपछि अमेरिकी सरकारले तोकेको निकायमा कानुनी विधिपूर्वक विवाह गर्नुपर्छ । विवाह गरिसकेपछि अमेरिकी नागरिकता हुने दम्पत्तिले ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन फाइल गर्नुपर्छ । तयसपछि उक्त आवेदन स्वीकृत भइसकेपछि ग्रिनकार्ड प्राप्त हुन्छ ।

यी टिप्सहरु सामान्य जानकारीका लागिमात्र हुन् । आफ्नो प्रकृया सुरु गर्नका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायी वा अमेरिकाको सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com