भ्याक्सिनको दोश्रो डोज लिएको केही सातापछि अमेरिकी सांसद संक्रमित


प्रकाशित मिति : माघ १७, २०७७ शनिबार

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको दोश्रो डोज लिएको केही सातापछि एकजना अमेरिकी सांसदमा कोरोना संक्रमण पुष्टी भएको छ । मासाचुसेट्सबाट अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने डेमोक्रेटिक सांसद स्टेफेन लिन्चलाई कोरोना संक्रमण पुष्टी भएको हो ।

उनले जनवरीको सुरुतिर कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको दोश्रो डोज समेत लिएका थिए । उनलाई शुक्रबार गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टी भएको उनको बोस्टनको कार्यालयका एकजना प्रवक्ताले बताएका छन् । राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत हुनु अगाडि भने उनको कोरोना परीक्षण नेगेटिभ नै रहेको जनाइएको छ ।

कोरोना संक्रमण पुष्टी भएपनि उनलाई कुनै लक्षण नदेखिएको र र उनको अवस्था सामान्य नै रहेको जनाइएको छ । उनी अब केहीदिन सेल्फ क्वारेन्टीनमा बस्ने भएका छन् भने संसदमा प्रोक्सी प्रकृयाबाट मतदान गर्ने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष रहेको छ । फाइजर भ्याक्सिन लक्षणयुक्त कोरोना संक्रमण रोक्नमा औषतमा ९५ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ ।

भ्याक्सिनले इम्युनको कुन स्तर निर्माण गर्छ भन्ने अझै स्पष्ट छैन । भ्याक्सिन कतिलामोसमयसम्म प्रभावकारी हुन्छ भने निर्धारण गर्न स्वयंसेवकहरुलाई २ बर्षसम्म फ्लो गरिनेछ ।

फाइजर भ्याक्सिनलाई माइनस ९४ डिग्रि फरेनहाइट चिसो तापक्रममा राख्नुपर्छ । ६५ बर्षभन्दा माथिकाहरुमा यो भ्याक्सिन ९४ प्रतिशतभन्दा माथि प्रभावकारी रहेको छ । यो भ्याक्सिन तीनसाताको अन्तरमा दुई डोज लगाउनुपर्छ ।

यसैबीचमासाचुसेट्सकै अकी सांसद लोरी ट्राहनमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई पनि कुनै लक्षण देखिएको छैन भने सेल्फ क्वारेन्टीन सुरु गरेकी छिन् । उनले पनि संसदमा प्रोक्सी प्रकृयाबाटै मतदान गर्नेछिन् ।

कैयन सांसदहरुलाई जनवरीमा कोरोना संक्रमण पुष्टी भएको छ । जनवरी ६ मा भएको दंगाफसादका क्रममा मास्क लगाउन नमान्ने रिपब्लिकन सांसदहरुसँग मिसिएपछि कैयनलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com