बुबाआमाले भिसा थपका लागि देश छाड्नु नपर्ने


प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार

अब अष्ट्रेलियामा अष्ट्रेलियन नागरिकका बुबाआमाले भिसा थपका लागि अष्ट्रेलिया बाहिर जानु नपर्ने भएको छ । कोरोना महामारीका कारण सरकारले उनीहरुका लागि अस्थायी रुपमा यो सुविधा दिने भएको हो ।

संघीय सरकारले आज भिसाका तीनवटा श्रेणीमा परिवर्तनहरुको घोषणा गरेको हो । जस अनुशार अष्ट्रेलियन नागरिकका बुबाआमाले अष्ट्रेलियामै रहेर पनि भिसाका लागि आवेदन दिन सक्ने भएका छन् । यो वर्षको पहिलो त्रैमासिकभित्र यो परिवर्तन लागू गरिनेछ ।

नागरिकका बुबाआमाहरु भिसा सकिनुअघि नै देश छोडेर जानुपर्ने र फेरि फिर्ता आउन समस्या हुने भएका कारण यस्तो व्यवस्था गरिएको हो ।सरकारले बुबाआमा र अभिभावकका उपश्रेणी १०३, उपश्रेणी १७३ र उपश्रेणी १४३ का सन्दर्भमा यस्तो छुट दिएको हो ।

यसअघिको नियममा विदेशमा रही भिसा आवेदन दिएका व्यक्तिहरुले अष्ट्रेलियामै बसेर भिसाको अर्को आवेदन दिन नमिल्ने व्यवस्था थियो । अध्यागमन मन्त्री एलेक्स हकले नयाँ नियमले भिसाको समयावधिमा भने कुनै फेरबदलन नभएको जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com