अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले पाक्षिक ४८ घण्टा काम गर्न पाउने, कोरोनाकालिन छुट हटाइदै


प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि काम गर्न पाउने अवधिमा लगाइएको कोरोनाकालिन छुट आगामी जुन ३० देखि हटाइने भएको छ । साथै आगामी जुलाई १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीले पाक्षिक ४८ घण्टा काम गर्न पाउने व्यवस्था गरिने भएको छ । कोरोनाकालिन छुट अगाडि अन्तर्राष्ट्रिय विद्यार्थीले पाक्षिक ४० घण्टामात्र काम गर्न पाउने प्रावधान थियो ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

विद्यार्थी भिसामा कार्य प्रतिबन्धहरू महामारीभर नरम बनाइयो थियो । सन् २०२२ को जनवरी पछि काममा लगाइएका प्रतिबन्धहरु पूर्ण रूपमा हटाइएको थियो, जसले प्राथमिक र माध्यमिक विद्यार्थी भिसावाहकले कार्यबलको अभावलाई सम्बोधन गर्न पाक्षिक ४० घण्टामात्र काम गर्न पाउने सामान्य सिमा पालना गर्नुपरेको थिएन । उनीहरुले चाहेजति घण्टा काम गर्न पाएका थिए ।

अष्ट्रेलियाले विद्यार्थी भिसावाहकहरूको लागि अध्ययन पछि बस्ने अवधि पनि बढाउने भएको छ । विद्यार्थीहरूले आफूलाई आर्थिक रूपमा सहयोग गर्न र उनीहरूको डिग्रीमा ध्यान केन्द्रित गर्न पर्याप्त समय दिनको लागि वर्तमान व्यवस्था जुन ३० सम्म जारी रहनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थी भिसा वाहकहरूले गुणस्तरीय अष्ट्रेलियाली शिक्षा र योग्यता प्राप्त गर्नमा ध्यान केन्द्रित गर्न सक्षम होउन् भनेर जुलाई १ देखि कामसम्बन्धि प्रतिबन्धहरु पुन लागु गरिने तर पाक्षिक घण्टा विगतको तुलनामा ८ घण्टा बढाइने सरकारी सुचनामा उल्लेख छ ।

यसबाहेक,अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि अध्ययन पछि काम गर्ने अधिकार थप दुई वर्ष विस्तार गर्ने घोषणा गरेको छ। यद्यपि यो निश्चित डिग्री भएकाहरू र सीपको अभाव भएको पाठ्यक्रम पछ्याउनेहरूका लागि उपलब्ध हुनेछ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

साथै कोरोना महामारीका बेलामा अष्ट्रेलियामा बसेर अर्थतन्त्रमा योगदान दिएका योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरु जसको अस्थायी ग्रयाजुएट भिसा सन् २०२२ को सेप्टेम्बर १ देखि सन् २०२३ को जुलाई १ भित्र समाप्त हुने तय भएको छ, उनीहरुले २ बर्षको महामारी इभेन्ट भिसामा पहुच पाउनेछन् ।

यी विस्तारहरू रिजनलमा अध्ययन गर्ने, बस्ने र काम गर्ने योग्य विद्यार्थीहरूका लागि विद्यमान थप एक देखि दुई वर्षको कार्य अधिकारबाहेकका अतिरिक्त सुविधा हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com