अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरु ५७ हजार, पहिलो नम्बरमा चाइनिज, तेश्रोमा नेपाली


प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार

सरकारी तथ्यांक अनुशार अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा नेपालीहरु तेश्रो नम्बरमा रहेका छन् । कुल अध्ययनरत ७ लाख १७ हजार ५ सय ८७ मध्ये चीनका १ लाख ५३ हजार ५ सय ४ जना, भारतका १ लाख १८ हजार १ सय ९ जना र नेपालका ५७ हजार १० जना रहेका छन् ।

जनवरीको तुलनामा मे महिनामा यो संख्यामा उल्लेख्य बृद्धि भएको छ । जनवरीसम्मको सरकारी तथ्यांक अनुशार नेपालका ४८ हजार २ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत रहेका थिए । जसमध्ये न्यू साउथ वेल्समा ३१ हजार ४ सय ३९, भिक्टोरियामा ६ हजार ४ सय ७८, क्वीन्सल्याण्डमा ३ हजार ४, साउथ अष्ट्रेलियामा २ हजार ३ सय १६, वेष्टर्न अष्ट्रेलियामा २ हजार १ सय २३, तास्मानियामा ८७१, नर्दन टेरोटोरीमा १ हजार २६, अष्ट्रेलियन क्यापिटल टेरोटोरीमा ११ सय १४ जना नेपाली विद्यार्थीहरु अध्ययनरत थिए ।

अष्ट्रेलियामा अध्ययनरत कुल अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्ये ८ प्रतिशत नेपाली विद्यार्थीहरु रहेका छन् । जनवरीको तुलनामा नेपाली विद्यार्थीहरुको संख्यामा बृद्धि पनि ८ प्रतिशत नै रहेको छ । जसमध्ये सबैभन्दा धेरै न्यू साउथ वेल्समा ३६ हजार ३ सय ९१ रहेका छन्, जुन विश्वका विभिन्न देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा दोश्रो हो । नेपालीहरुले न्यू साउथ वेल्समा भारतीयहरुलाई पनि उछिनेका छन् । न्यू साउथ वेल्समा चीनका विद्यार्थीहरु भने पहिलो नम्बरमा ७० हजार ८ सय ३९ जना रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै तास्मानियामा पनि नेपाली विद्यार्थीहरु दोश्रो नम्बरमा रहेका छन् । तास्मानियामा कुल ११६४ जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । पहिलोमा भारतीय र तेश्रोमा चीनिया विद्यार्थीहरु अध्ययनरत रहेका छन् । नर्दन टेरोटोरीमा भने पहिलोमा नेपाली विद्यार्थीहरु छन् । त्यहाँ कुल १११२ जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् भने दोश्रोमा भारतीय र तेश्रोमा बंगालादेशी विद्यार्थीहरु रहेका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको चाप कम गर्न अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुईलाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भिईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।

शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाउनु भएको छ । उहाँले निर्धारित सीमाहरू, संसदले पारित गर्ने बताउदै अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिनु भएको छ ।

घोषणा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पुरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन् । घोषणा शिक्षा प्रणालीलाई अझ प्रभावकारी र निष्पक्ष रूपमा स्थापना गर्ने पर्यत्नशील रहेकाले केही विश्वविद्यालयलाई मात्र नभई सम्पूर्ण क्षेत्रलाई लाभान्वित गर्ने क्लेयरले उल्लेख गर्नु भयो ।

यस अघि सत्तारुढ लेबर पार्टीले सन् २०२२–२३ मा अस्ट्रेलियाको कुल आप्रवासन सङ्ख्या पाँच लाख २८ हजार बाट घटाएर सन् २०२४–२५ सम्ममा दुई लाख ६० हजार बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या सीमित गर्ने योजना घोषणा गरेको थियो ।

गत जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क ७१० अस्ट्रेलियन डलर बाट दोब्बर बढाएर एक हजार ६०० अस्ट्रेलियन डलर बनाएको छ । गैरसरकारी संस्था युनिभर्सिटीज अस्ट्रेलियाका प्रमुख कार्यकारी ल्युक सिहीले अगस्टको सिनेट सुनुवाइमा विश्वविद्यालयको अरबौं डलर राजस्व खर्च गर्ने र १४ हजार रोजगारी जोखिममा पार्ने जनाउनु भएको थियो ।

उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीले गत वर्ष अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको बताउदै लगभग उनीहरुले नै राष्ट्रलाई मन्दीबाट जोगाएको उल्लेख गर्नु भयो । सरकारी तथ्याङ्कका अनुसार सन् २०२३ मा अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ बिलियन अस्ट्रेलियन डलर थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com