१३० बर्षपछि सेन्ट्रल पार्कमा देखियो गजबको सेतो लाटोकोसेरो


प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार

अमेरिकाको न्युयोर्कमा रहेको सेन्ट्रल पार्कमा १३० बर्षपछि अत्यन्तै सुन्दर र गजबको सेतो लाटोकोसेरो देखापरेको छ । पार्कको बेसबल मैदानमा यो साता अचम्मको लाटोकोसेरो देखिएको हो ।

अत्यन्तै दुर्लभ लाटोकोसेरो देखेपछि न्युयोर्कबासीहरु उत्साहित भएका छन् । यसभन्दा अगाडि यस्तो सेतो लाटोकोसेरो १८९० मा सेन्ट्रल पार्कमा देखिएको न्युयोर्क टाइम्सले जनाएको छ । यो चरा अहिले सामाजिक सञ्जालमा सेलिब्रेटी बनेर छाइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com