बाइडेनबाट आज जारी कार्यकारी आदेशको प्रत्यक्ष प्रभाव नेपालमा समेत


प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार

फोटो साभार: काठमाडौं पोष्ट

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज एक कार्यकारी आदेश जारी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले ल्याएको गर्भपतनविरोधी मुख्य नीतिलाई रद्द गरिदिएका छन् । ‘ग्लोबल ग्याग नियम’का रुपमा समेत परिचित ट्रम्पको उक्त नीतिले अमेरिकाबाट संघीय सहायता प्राप्त गर्ने एजेन्सीहरुलाई गर्भपतनबारेका कुनै सेवा प्रदान गर्न र गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाएको थियो ।

बाइडेनको कार्यकारी आदेशले विदेशमा रहेका संस्थाहरुलाई प्रजनन स्वास्थ्यबारे सेवाहरु प्रदान गर्नका लागि अमेरिकी सहायता प्राप्त गर्नका लागि सहज बनाएको छ । अमेरिकी सहायता प्राप्त गरेका संस्थालाई गर्भपतनबारे छलफल समेत गर्नमा रोक लगाइएकाले नेपालमा प्रजनन स्वास्थ्यबारे सेवा प्रदान गरिरहेका विभिन्न संस्थाहरु प्रभावित भएका थिए ।

जसमा कारण नेपाली महिलाहरुका लागि प्रजनन स्वास्थ्यबारे कार्यक्रम चलाइरहेका संस्थाहरुले आफ्ना कार्यक्रममा स्वरुप नै परिवर्तन गर्नुपरेको थियो । साथै ग्रामिण क्षेत्रका कैयन नेपाली महिलाहरु प्रजनन स्वास्थ्यबारे सेवा र जानकारी लिनबाट समेत वञ्चित हुन पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्लोबल ग्याग नियम सन् १९८४ मा तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले लागु गरेका थिए । त्यो यता प्राय हरेक डेमोक्रेटिक राष्ट्रपतिले यसलाई रद्द गर्दै आएका छन् भने रिपब्लिकन राष्ट्रपतिले यसलाई लागु गराउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले यो नियमलाई अझ कडा बनाए । अन्य रिपब्लिकन राष्ट्रपतिहरुले यो नियम अन्तर्राष्ट्रिय गैरसरकारी परिवार नियोजन संस्थाहरुलाईमात्र लागु गराएका थिए तर ट्रम्पले अमेरिकी सहायता प्राप्त गर्ने कुनै पनि संस्थालाई गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाए ।

सन् २०१९ को मार्चमा त ट्रम्पले यो नियममा अझ कडाई गरेका थिए । अमेरिकाबाट आर्थिक सहायता प्राप्त गर्ने संस्थाले सहयोग गरेका स्थानीय सघसंस्थालाई समेत गर्भपतनबारे छलफल गर्नमा रोक लगाए । जसका कारण नेपालमा अमेरिकी सहायतामा संचालन भइरहेका कैयन संघसंस्थाले प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रममा कटौती गर्नुपरेको थियो ।

बाइडेनको कार्यकारी आदेशको पूर्ण पाठ

ट्रम्पको नीतिका कारण प्रजनन स्वास्थ्यबारे युएसएआईडीको सहयोगमा नेपालमा संचालन भइरहेका कैयन रेडियो तथा टेलिभिजन कार्यक्रमहरुले समेत आफ्नो स्वरुप परिवर्तन गर्नुपरेको थियो । नेपालमा युएसएआईडीले जनस्वास्थ्य र महिला स्वास्थ्य सम्बन्धित विभिन्न कार्यक्रमहरुमा आशिंक रुपमा सहयोग गर्दै आएको छ । ट्रम्पले ल्याएको नीतिका कारण युएसएआईडीले दर्जन बढी जिल्लामा सहयोग रोकेको थियो ।

बाइडेनको आजको कार्यकारी आदेशपछि अब पुन युएसएआईडीले नेपालमा प्रजनन स्वास्थ्य र गर्भपतनबारे जनचेतनामुलक काम गरिरहेका वा महिला स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुलाई सहयोग उपलब्ध गराउन सक्ने भएको छ । परिवार नियोजनका क्षेत्रमा काम गरिरहेका गैर नाफामुलक संस्थाहरुले अमेरिकी सहायता प्राप्त गर्न सक्ने भएका छन् ।

अब अमेरिकी सहायतामा नेपालका महिलाहरुले पनि प्रजनन स्वास्थ्यबारे पूर्ण सुविधा र सुचनाहरु लिनसक्नेछन् । युएसएआईडीमार्फत पुन: परिवार नियोजन र महिला स्वास्थ्यबारे फण्ड उपलब्ध हुनेछ भने अमेरिकी सहायता प्राप्त संघसंस्थाहरुले गर्भपतनबारे जानकारी र विभिन्न सल्लाह तथा सुचनाहरु प्रदान गर्न सक्नेछन् ।

कभर तस्वीर:  काठमाडौं पोष्ट

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com