बर्षको पहिलो पूर्णचन्द्र आज दिउसो २:१६ मा उदाउने, रातभरी हेर्न सकिने


प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार

आज बिहिबार सन् २०२१ को पहिलो पूर्णचन्द्र हेर्न सकिने भएको छ । न्युयोर्क समय अनुशार दिउसो २ बजेर १६ मिनेट जाँदा पूर्णचन्द्र उदाउन सुरु हुनेछ भने दिउसोभर उदाउँदै जानेछ ।

हो, आजको पूर्णचन्द्र दिउसोदेखि नै उदाउन सुरु हुनेछ र रातभर हेर्न सकिनेछ । खुल्ला आकाश भएको स्थानबाट पूर्णचन्द्र स्पष्ट रुपमा हेर्न सकिनेछ ।

हरेक चन्द्रमाका आआफ्ना नाम दिइएका छन् । जनवरीको पूर्णचन्द्रलाई उल्फ मुन भन्ने चलन छ । भोकाएको ब्याँसो राती गाउँबाहिर गएर कराएको किसानको कथासँग यसको प्रसंग जोडिएको छ ।

कतिपयले आजको पूर्णचन्द्रलाई कोल्डमुन अर्थात् चिसो चन्द्रमा पनि भन्छन् । कतिपयले हार्डमुन अर्थात् कडाचन्द्रपनि भन्छन् । जसजसले जे जे नाम दिएपनि आजको पूर्णचन्द्र प्रकृतिको एक अनुपम दृश्य हो ।

सन् २०२१ भर १२ पटक पूर्णचन्द्र उदाउनेछन् । जबकी सन् २०२० मा १३ पटक पूर्णचन्द्र उदाएका थिए । सन् २०२० मा अक्टोबरमा २ पटक पूर्णचन्द्र उदाएका थिए ।

आजपछि फरबरी २७, मार्च २८, अप्रिल २६, मे २६, जुन २४, जुलाई २३, अगस्त २२, सेप्टेम्बर २०, अक्टोबर २०, नोभेम्बर १९ र डिसेम्बर १८ मा पूर्णचन्द्र उदाउनेछन् । यी सबै चन्द्रमालाई फरकफरक नाम दिइएको छ ।

आजको पूर्णिमादेखि स्वस्थानी ब्रतकथा र माघस्नान पनि सुरु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com