अमेरिकाबाट साउदी अरब र यूएईलाई हतियार बेचबिखन स्थगित


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

बाइडेन प्रशासनले साउदी अरब र यूएईलाई हतियार बेचबिखन स्थगित गरेको छ । बाइडेन प्रशासनले ट्रम्प प्रशासनबाट ती देशलाई हतियार बेच्नका लागि भएको करोडौं डलरको सहमतिको बृहत पुनरावलोकन गर्ने भएको छ ।

यो स्थगनले ट्रम्पले युएई र साउदी अबरसँग फाइटर जेट र बम बेच्न गरेका सम्झौतालाई केही समयका लागि रोक्नेछ । ट्रम्प प्रशासनसँगको सहमतिपछि साउदी अरबले गत महिनामात्रै अमेरिकाबाट ४७८ मिलियनको बम किन्नका लागि एउटा हतियार कम्पनीसँग हस्ताक्षर गरेको थियो । यो सहमति अनुशार साढे सात हजार स्मार्टबम साउदी अरबको सेनालाई पठाउने तय भएको थियो ।

बाइडेनको स्थगन पछि साउदी अरब पठाउने तय भएका एफ ३५ लडाकु विमानहरुको डेलिभरी पनि तत्कालका लागि रोकिने भएको छ । वासिंटन डिसीमा रहेको यूएईको दूतावासले यसबारे बाइडेन प्रशासनसँग सहकार्य गर्ने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाँकी रहेका हतियार बेचविखन पुनरावलोकनका क्रममा रहेको विदेशमन्त्री एन्टोनी ब्लींकेनले पनि जानकारी दिएका छन् । वाल स्ट्रीट जर्नलले हतियार बिक्रि स्थगनबारे पहिलो समाचार प्रकाशित गरेको थियो । डेमोक्रेटिक सांसदहरु तुरुन्तै यो कदमको पक्षमा देखिएका छन् ।

सिनेटर क्रिस मर्फीले भनेका छन् -‘हामीले साउदी अरब र यूएईलाई बेचेका हतियारहरु स्कुले विद्यार्थीको हत्यामा प्रयोग भएका छन् । अतिवादी मिलिसियालाई हस्तान्तरण गरिएका छन् । र मध्यपूर्वमा खतरनाक हतियारको होडबाजीमा इन्धनको काम गरिरहेको छ । हतियार बिक्रि स्थगन अत्यन्तै उचित कदम हो । यो समय हाम्रा गल्फका मित्रहरुसँग सम्बन्ध रिसेट गर्ने समय हो ।’

ट्रम्प प्रशासनले सन् २०१९ मा साउदी अरब र यूएईलाई हतियार बिक्रि तीब्र बनाउने उद्देश्यले यस सम्बन्धि संकटकालको घोषणा समेत गरेको थियो । हजारौं सर्वसाधारणको ज्यान गएको यमनको रक्तपातपूर्ण द्वन्द्वमा यूएई र साउदी अरबको संलग्नता भएको भन्दै सांसदहरुले हतियार बेचबिखनको विरोध गरेका छन् ।

इस्तानबुलमा रहेको साउदी अरबको कन्सुलेटभित्र साउदी अधिकारीहरुका हातबाट पत्रकार जमाल खस्सोगीको हत्या भएको घटनाबाट पनि अमेरिकाले साउदी अरबलाई हतियार बेच्न नहुने माग तीब्र बनेको छ । सन् २०१९ मा सीएनएनले गरेको एउटा रिपोर्टमा साउदी अरब र यूएईले अमेरिकामा बनेका हतियारहरु अल कायदा सम्बन्धित लडाकुहरुलाई दिएको खुलासा भएको थियो । वासिंटनसँगको सम्झौताका बाबजुत ती हतियारहरु हार्डलाइनर सलाफी मिलिसिया र यमनमा रहेका अन्य लडाकु समुहलाई समेत दिएको पत्ता लागेको थियो ।

विदेशमन्त्री ब्लींकेनले आफ्नो नियुक्तीबारेको सुनुवाईका क्रममा अमेरिकाले साउदी अरब वा यूएईलाई हतियार बेच्न पूर्णत बन्द गर्ने बताएका थिएनन् । तर उनले साउदी अरबको यमनमा जारी सैन्य अभियानलाई भने बाइडेन प्रशासनले समर्थन गर्न रोक्ने बताएका थिए । बाइडेनले पनि साउदी अरबको यमनमा जारी सैन्य अभियानलाई समर्थन नगर्ने बताइसकेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com