उच्च जोखिममा रहेकाहरुको कोरोना परीक्षण गर्न चीनमा ‘एनल स्वाब’ को प्रयोग सुरु


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

उच्च जोखिममा रहेकाहरुको कोरोना परीक्षण गर्न चीनले ‘एनल स्वाब’ अर्थात् मलद्घारबाट स्वाब लिन सुरु गरेको छ । सरकारी टेलिभिजन सीसीटिभीका अनुशार बेइजिङमा कोरोना संक्रमण पुष्टी भएका केही व्यक्तिको एनल स्वाब लिएर परीक्षण गरिएको थियो । यो विधिबाट स्वाब लिएर परीक्षण गर्दा संक्रमितहरु पहिचान दर अझ बढी हुने अपेक्षा गरिएको छ ।

अहिलेसम्म कोरोना परीक्षणका लागि नाक वा घाँटीबाट स्वाब संकलन गरिदै आएको छ । विश्वभर यहीं विधि प्रयोगमा रहेको बेलामा चीनले भने नयाँ बिधिको सुरुवात गरेको हो । बेइजिङको योयुन अस्पतालका बरिष्ठ डाक्टर लि तोङजेङले स्वासप्रश्वास प्रणालीको तुलनामा मलद्घारमा कोरोनाभाइरस लामो समय बस्ने बताएका छन् ।

एनल स्वाब लिंदा झण्डै २ इन्चको स्वाब प्रयोग गरिने जनाइएको छ । यो विधिबाट परीक्षण गर्दा झुठो पोजेटिभ रिपोर्ट आउने सम्भावना पनि निकै कम रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर सीसीटिभीले यो बिधि भने नाक र घाँटीबाट स्वाब संकलन गर्ने विधिजस्तै बृहत रुपमा भने प्रयोग नगरिने जनाएको छ । यो विधि त्यती सुविधाजनक नभएकाले पनि बृहत रुपमा प्रयोग गर्नमा भने समस्या रहेको छ । विश्वभर कोरोना संक्रमण दर उच्च रहँदा चीनले अन्तर्राष्ट्रिय आगमनमा कडा नियमहरु लगाइरहेको छ ।

देशभित्रै पनि कडा मापदण्डहरु लगाइएको छ । मध्य र उच्च जोखिमयुक्त क्षेत्रबाट बेइजिङ आवतजावत गर्नमा बिहिबारदेखि रोक लगाइदैछ । लुनार नयाँ बर्षमा कोरोना संक्रमण बढ्नसक्ने खतरालाई मध्यनजर गर्दै विभिन्न मापदण्डहरु अपनाइएको जनाइएको छ ।

चीन प्रवेशको स्वीकृति पाउनेहरुले पनि कोरोना नेगेटिभ भएका कैयन रिपोर्टहरु पेश गर्नुपर्नेछ । साथै तोकिएको होटलमा कम्तीमा १४ दिनसम्म क्वारेन्टीनमा बस्नुपर्ने नियम रहेको छ । कैयन सिटी र क्षेत्रमा अतिरिक्त घर अवलोकनका प्रावधानहरु समेत रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com