वासिंटन डिसीलाई ५१ औं राज्य बनाउन संसदमा बिल


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

वासिंटन डिसीलाई ५१ औं राज्य बनाउन डेमोक्रेटिक सांसदहरुले संसदमा बिल ल्याएका छन् । प्रतिनिधिसभा र सिनेटका डेमोक्र्याट्सहरुले बुधबार यो बिल ल्याएका हुन् । यो बिल प्रतिनिधसभाबाट पारित हुने सम्भावना रहेको छ तर सिनेटबाट पारित हुनमा भने आशंका रहेको छ ।

हाउस स्पीकर न्यान्सी पेलोसीले उक्त बिल मतदानका लागि फ्लोरमा ल्याउने प्रतिबद्धता जनाएकी छिन् । अन्य करदाता अमेरिकनलाई जस्तै वासिंटन डिसीका बासिन्दाहरुलाई पनि एउटै अधिकार प्रदान गर्न र ऐतिहासिक अन्याय सच्याउने सही समय आएको पेलोसीले बताएकी छिन् ।

सिनेटमा डेमोक्र्याटस र रिपब्लिकनको पचास पचास सिट रहेको र उपराष्ट्रपति कमला ह्यारिसले ट्राइब्रेक गर्न पाउने भएतापनि यो बिल पारित गर्नका लागि फिलिबस्टर ६० भोटको आवश्यकता पर्छ । त्यसका लागि १० जना रिपब्लिकनले फ्लोर क्रस गर्न आवश्यक हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर रिपब्लिकनहरुले वासिंटन डिसीलाई राज्यका रुपमा मान्यता दिलाउनेमा असहमति जनाउँदै आएका छन् । किनभने वासिंटन डिसीलाई राज्यको मान्यता दिएमा त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसद डेमोक्रेटिक हुने सम्भावना उच्च रहेको छ ।

अमेरिकामा रहेका ५० वटा राज्यहरुभित्र वासिंटन डिसी पर्दैन । यदि वासिंटन डिसीले राज्यको मान्यता पाएमा अमेरिकामा ५१ वटा राज्य हुनेछन् । यदि वासिंटन डिसीलाई राज्यको मान्यता दिएको खण्डमा त्यहाँबाट प्रतिनिधिसभामा एकजना सांसदले मतदानको अधिकारसहित प्रतिनिधित्व जनाउन पाउनेछन् भने सिनेटका लागि वासिंटन डिसीले २ सिट पाउनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com