रिपब्लिकनले नमाने ५१ भोटबाटै बजेट प्रकृयामार्फत राहत चेकसहितको प्याकेज पारित गरिने


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

रिपब्लिकनको सहायता विना नै बजेट प्रकृयाबाट राहत प्याकेज पारित गराउनेबारे डेमोक्रेटिक सांसदहरुबीच छलफल तीब्र बनाइएको छ । कैयन रिपब्लिकन सांसदहरु राहत प्याकेजको विपक्षमा देखिएपछि डेमोक्रेटिक सांसदहरु फिलिबस्टर ६० भोट विना नै बजेट प्रकृयाबाट प्याकेजका केही भागहरु पारित गराउने योजनामा लागेका हुन् ।

१४ सय डलरको राहत चेक, बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर र चाइल्ड ट्याक्स क्रेडिट लगायतका प्रावधानहरु बजेट प्रकृयाबाट नै पारित गराउन सकिनेछ । त्यसका लागि सिनेटमा ५१ भोट भए पुग्नेछ । अहिले सिनेटमा ५० सिट डेमोक्र्याटसका रहेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसले गर्ने टाइब्रेक मतका आधारमा डेमोक्र्याट्सले रिपब्लिकनको सहमति विना पनि ५१ भोट प्राप्त गर्नसक्नेछन् ।

तर ज्यालाबृद्धि लगायतका दीर्घकालिन नीतिगत प्रावधान भने बजेट प्रकृयाबाट पारित गर्न मिल्दैन । त्यसका लागि कम्तीमा १० जना रिपब्लिकन सिनेटरहरुको सहमति खोज्न जरुरी हुन्छ । त्यसैले राहत प्याकेजलाई टुक्राएर पारित गर्ने सन्दर्भमा पनि डेमोक्र्याट्सहरुले छलफल गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संकटको समाधान गर्न टेबुलमा विभिन्न प्रकारका विकल्पहरु राखिएको र त्यसमा बजेट प्रकृयाको प्रयोग पनि एउटा रहेको सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले बताएका छन् । दुईलीय सहमति कायम हुन नसके डेमोक्र्याट्सहरुले छिटोमा सोमबार बजेट प्रस्ताव ल्याएर ५१ भोटबाट प्याकेज पारित गराउन मेलमिलापको प्रकृया सुरुवात गर्ने जनाइएको छ ।

अहिलेका लागि भने बाइडेन प्रशासनले दुईदलीय सहमतिमा नै जोड दिएको छ । बार्ता र छलफल कसरी अगाडि बढ्छ भन्ने आधारमा बजेट प्रकृयाको प्रयोग गर्नेबारे निर्णय हुने राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

सिनेटमा शक्तिशाली बजेट कमिटिका प्रमुख हुने सिनेटर बर्नी स्याण्डर्सले भने बजेट मेलमिलापको प्रकृया नै उचित विकल्प भएको बताएको छन् । १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा बेरोजगारी विमा रकममा बढोत्तरी, १४ सय डलरको राहत चेक लगायतका कैयन राहतका विषयहरु समेटिएका छन् । आफू रिपब्लिकनहरुसँग काम गर्न इच्छुक रहेपनि राहतका लागि हप्तौं कुर्न नसकिने स्याण्डर्सको भनाई छ ।

केही मुख्य रिपब्लिकन सांसदहरुले भने १४ सय डलरको राहत चेकसहितको प्याकेज पारित हुन महिनौं लाग्नसक्ने बताएका छन् ।

सबैभन्दा उदार मध्येकी एक रिपब्लिकन सिनेटर सुजन कोलिन्सले आफूले भ्याक्सिन फण्ड बढाउनुपर्नेमा सहानुभूति राख्ने भएपनि यति ठूलो प्याकेज आवश्यक नभएको बताएकी छिन् । भर्खरै ९ सय बिलियनको राहत प्याकेज पारित भएको अवस्थामा तत्कालै ठूलो प्याकेज पारित गर्न आवश्यक नभएको र त्यसका लागि केही महिना लाग्नसक्ने बताएकी छिन् ।

त्यस्तै उदार मानिने रिपब्लिकन सिनेटर लिसा मुर्कोस्कीले बाइडेनको आव्हान महत्वपूर्ण भएको बताएपनि ९ सय बिलियनको राहत प्याकेजको मसी सुक्न नपाएको बताएकी छिन् । उनले उचित रकमको राहत प्याकेज आवश्यक हुने बताएकी छिन् ।

त्यस्तै रुढीबादी र पार्टीलाइन विपरित अगाडि बढ्ने रिपब्लिकन सिनेटर मिट रोम्नीले अर्को एक ट्रिलियन वा ५ सय बिलियनको विशाल राहत प्याकेज तत्काल चाहिने पक्षमा आफू नरहेको बताएका छन् । अर्थतन्त्र कोरोनाका कारण पछाडि परेको तर राहत नदिएका कारण पछाडि नपरेको बताएका छन् । सबैले भ्याक्सिन लगाएपछि अर्थतन्त्र सुदृढ हुने उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com