सिनेटमा रिपब्लिकन नेता म्याक्कोनेलले छाडे शक्ति साझेदारीका लागि फिलिबस्टरको शर्त


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

सिनेटमा रहेका समितिमा डेमोक्रेटिक नियन्त्रणका बदलामा फिलिबस्टरको प्रावधान कायम हुनुपर्ने माग गर्दै आएका सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले उक्त माग छाडेका छन् । दुईजना डेमोक्रेटिक सिनेटरहरुले नै फिलिबस्टर हटाउन नहुने पक्षमा मतदान गर्ने बताएपछि फिलिबस्टर कायमै रहनेमा ढुक्क रहेका म्याक्कोनेल सिनेटका समितिहरुमा डेमोक्र्याट्सलाई शक्ति हस्तान्तरण गर्न तयार भएका हुन् ।

उनले यो माग छाडेपछि अब सिनेटका समितिहरुमा डेमोक्र्याट्सको पूर्ण नियन्त्रण कायम हुनका लागि बाटो खुलेको छ । दुईजना डेमोक्रेटिक सिनेटर जो मन्चिन र क्रिस्टेन साइनेमाले फिलिबस्टर प्रावधान हटाउनका लागि प्रयाप्त भोटको अभाव रहेको म्याक्कोनेललाई आश्वस्त पारेका छन् ।
कुनै पनि महत्वपपूर्ण बिल पारित गर्नका लागि सिनेटमा फिलिबस्टर ६० भोटको आवश्यकता हुन्छ ।

सिनेटमा डेमोक्रेटिक नेता चक शुमर लगायतका सिनेटरहरुले आफूहरु सिनेटमा फिलिबस्टर प्रावधान कायम राख्न तयार नभएको बताएका छन् । फिलिबस्टर नियमका कारण डेमोक्र्याट्सले चाहेका बिल र प्रावधानहरु परित हुनमा गतिरोध उत्पन्न हुने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले सिनेटमा दुबै पार्टीको पचास पचास सिट रहेको छ । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले टाइब्रेक गर्न पाउने अधिकार भएकाले डेमोक्र्याट्सको झिनोमात्र बहुमत कायम भएको छ । तर बिल पारित गर्न ६० भोट चाहिने फिलिबस्टर प्रावधानले राहत चेक, जलवायु परिवर्तन, अध्यामगन सुधार लगायतका बिलहरु पारित गर्नमा आगामी दुईबर्षका लागि रिपब्लिकनको समेत सहमति कायम गर्न जरुरी हुनेछ ।

कुनै पनि बिल पारित गराउन ६० भोट आवश्यक पर्ने फिलिबस्टरको प्रावधान हटाउनका लागि सबै ५० जना डेमोक्रेटिक सिनेटरहरु एकमत हुन आवश्यक हुन्छ । फिलिबस्टर हटाउनका लागि न्युक्लीयर बिकल्प बताइने उक्त विकल्पका जानका लागि सामान्य ५१ भोट भए पुग्छ । अर्थात् सिनेटमा ५१ जना सिनेटरहरु सहमत भएको खण्डमा फिलिबस्टरको प्रावधान हटाएर न्युक्लीयर विकल्प लागु गर्न सम्भव छ ।

सिनेटमा अन्य नियमहरु संसोधनका लागि दुई तिहाई बहुमतको आवश्यकता हुन्छ । अर्थात् कुल १०० सिनेटरहरुमध्ये ६७ सिनेटरको सहमति आवश्यक हुन्छ । तर न्युक्लीयर विकल्पबाट फिलिबस्टर प्रावधान हटाउनका लागि भने सामान्य बहुमत भए पुग्छ । सन् २०१३ को नोभेम्बरमा सिनेटमा डेमोक्र्याट्सहरुले विभिन्न नियुक्तीहरुका लागि ६० भोट चाहिने फिलिबस्टर प्रावधान हटाउन न्युक्लीयर विकल्पको प्रयोग गरेका थिए ।

सन् २०१७ को अप्रिलमा रिपब्लिकनहरुले सर्वोच्च अदालतमा न्यायाधिस नियुक्तीका लागि ६० भोट चाहिने फिलिबस्टर प्रावधान हटाउन न्युक्लीयर विकल्पको प्रयोग गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com