भोलिदेखि अमेरिका आउँदा ‘नेगेटिभ कोरोना रिपोर्ट’ अनिवार्य, अमेरिकनलाई विदेशको यात्रा स्थगित गर्न सुझाव

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार

भोलि जनवरी २६ देखि विश्वका कुनै पनि देशबाट अमेरिका आउँदा नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य हुनुपर्नेछ । अमेरिकी नागरिक लगायत अमेरिका आउने हरेक व्यक्तिले विमान चढ्नु अगाडि नेगेटिभ कोरोना रिपोर्ट पेश गर्नुपर्नेछ ।

प्रस्थान मितिको तीनदिनभित्रको नेगेटिभ कोरोना रिपोर्ट हुनुपर्नेछ । त्यसको लिखित र प्रमाणित कागजात एयरलाइन्सलाई बुझाएरमात्र विमानमा चढ्न पाइनेछ । पहिले नै कोरोना संक्रमित भइसकेका व्यक्तिले भने नेगेटिभ कोरोना रिपोर्टको साटो निको भएको कागजात पेश गर्न सक्नेछन् ।

अमेरिका आइसकेपछि पनि तीनदिनदेखि ५ दिनभित्र कोरोनाको परीक्षण गर्न र आएको पहिलो साता घरभित्रै बस्न सुझाव दिइएको छ । परीक्षणलेमात्र सबै जोखिमको उन्मुलन नगर्ने भएकाले मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने नियमहरुको पनि पालना गर्न सीडीसीले सबैलाई स्मरण गराएको छ ।

सीडीसीको निर्देशिका यहाँ पढ्नुहोस् ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले आज फ्याक्ट सिट जारी गर्दै अमेरिकी नागरिकहरुलाई अत्यावश्यक बाहेकका अन्य वैदेशिक यात्रा नगर्न सुझाव दिएको छ । विभिन्न देशमा कोरोना परीक्षणका उपलब्धतामा फरक पर्नसक्ने भएकाले परीक्षणको विकल्पहरुबारे दूतावासका वेवसाइटमा चेक गर्न सुझाव दिइएको छ ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

यदि कोरोना रिपोर्ट पोजेटिभ आएमा अमेरिकी नागरिकहरुपनि नेगेटिभ रिपोर्ट नआउँदासम्म विदेशमै बस्नुपर्ने अवस्था आउने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालय र सीडीसीले अमेरिकी नागरिकलाई विदेशयात्राबारे पुनर्विचार गर्न र अत्यावश्यक बाहकेका यात्राहरु स्थगित गर्न सशक्त सुझाव दिएको छ । साथै विदेशको यात्रा गर्दा ट्राभल इन्सुरेन्स लिन समेत सुझाव दिइएको छ ।

देश अनुशारको यात्रा सुझाव यहाँ पढनुहोस् ।

बेलायतमा सुरुमा देखिएको कोरोनाको नयाँ प्रकार अमेरिकाका विभिन्न राज्यहरुमा देखिने क्रम तीब्र बन्दै गर्दा नयाँ मापदण्डको घोषणा गरिएको हो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com