नयाँ देश थपेर कोरोना सम्बन्धित यात्रा प्रतिबन्ध लागु गराउने आदेश जारी गर्दै बाइडेन


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

राष्ट्रपतिको पदावधि सकिन २ दिनभन्दा पनि कम समय बाँकी रहँदा डोनाल्ड ट्रम्पले जनवरी २६ देखि लागु हुने गरी हटाउने घोषणा गरेको कोरोना महामारी सम्बन्धित यात्रा प्रतिबन्ध राष्ट्रपति जो बाइडेनले पुन: कायम गर्ने भएका छन् । बाइडेनले यात्रा प्रतिबन्धको सुचीमा दक्षिण अफ्रिकालाई पनि थप्ने गरी सोमबार कार्यकारी आदेश जारी गर्ने भएका छन् ।

युरोपका शेंगेन क्षेत्रका २६ देशहरु, यूके, आयरल्याण्ड, ब्राजिलबाट अमेरिका आउनमा रोक लगाइदै आएकोमा बाइडेनले त्यसमा दक्षिण अफ्रिका पनि थप्ने भएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत शेंगेन क्षेत्रका २६ देशहरुसहित यूके, आयरल्याण्ड, ब्राजिलमाथिको यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेका थिए तर चीन र इरानमाथिको यात्रा प्रतिबन्ध भने कायमै राख्ने घोषणा गरेका थिए ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेश जो बाइडेनले पदभार ग्रहण गरेको ६ दिनपछि अर्थात जनवरी २६ पछिमात्र लागु हुने तय भएकोमा बाइडेनले त्यसलाई जनवरी २५ सोमबार नै खारेज गरिदिने भएका छन् । अर्थात् युरोपका २६ देशहरु यूके, आयरल्याण्ड, ब्राजिल, चीन र इरानबाट नागरिक र ग्रिनकार्डवाहकसहित छुट दिइएका व्यक्तिबाहेक अरुलाई अमेरिका आउनमा लगाइएको रोक कायम नै रहनेछ । त्यसमा दक्षिण अफ्रिका पनि थपिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको नयाँ प्रकार विश्वमा बढीरहेको सन्दर्भमा र महामारी खराब बन्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धहरु हटाउने उचित समय नभएको बाइडेन प्रशासनको ठहर रहेको छ । अमेरिका आउने हरेक यात्रुको नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य हुनुपर्ने मापदण्ड कार्यान्वयनमा आइसकेको छ । कोरोनाको महामारी फैलिनबाट रोक्न उडानमार्फत अमेरिका आउने हरेक यात्रुले प्रस्थानको तीनदिनभित्रको नेगेटिभ कोरोना रिपोर्ट बुझाउनु पर्ने मापदण्ड रहेको छ ।

ट्रम्पले गत मे २४ मा कार्यकारी आदेश जारी गरेर बेलायत, ब्राजिल, आयरल्याण्ड, २६ वटा युरोपेली देशहरु, इरान र चीनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए । यो आदेश ट्रम्पले आप्रवासनमा लगाएको रोकभन्दा फरक आदेश हो । ट्रम्पले कोरोनाको महामारीको कारण देखाउदै कामदार भिसा र विभिन्न प्रकारका ग्रिनकार्डमा लगाएको रोक भने मार्चको अन्तिम सम्म नै कायम छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com