राहतका लागि आक्रमक रुपमा काम नगरे २०२२ को चुनाव रिपब्लिकनले जित्ने स्याण्डर्सको चेतावनी


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

राहतका लागि डेमोक्र्याट्सहरुले आक्रमक रुपमा काम नगरे २०२२ को संसदीय चुनाव रिपब्लिकनले जित्ने सिनेटर बर्नी स्याण्डर्सले चेतावनी दिएका छन् । अत्यन्तै उदार र लोकतान्त्रिक समाजवादीका रुपमा परिचित सिनेटर स्याण्डर्सले राहत प्याकेज लगायतका एजेण्डामा आक्रमक रुपमा अगाडि बढ्न डेमोक्र्याट्सहरुलाई आग्रह गरेका छन् ।

सन् २०२२ को नोभेम्बर ८ मा हुने चुनावमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका ३४ सिटका लागि चुनाव हुनेछ ।

कैयन उदार रिपब्लिकनहरु समेत तत्कालै अर्को राहतको पक्षमा नभएको अवस्थामा बजेट प्रकृयाबाट अगाडि बढेर ६० भोट चाहिने फिलिबस्टर प्रकृया छलेर अगाडि बढ्न स्याण्डर्सले सुझाव दिएका छन् । आश्वासन दिए अनुशार काम नगरे २०२२ को संसदीय चुनावमा संसदमा डेमोक्र्याट्सको बहमुत गुम्नसक्ने स्याण्डर्सको चेतावनी रहेको छ ।

सिनेटमा शक्तिशाली बजेट कमिटिका प्रमुख हुने स्याण्डर्सले बजेट मेलमिलापको प्रयोग गरेर राहत प्याकेजलाई फिलिबस्टर बिना नै पारित गराउन महत्वपूर्ण भूमिका खेल्नसक्छन् । बजेट प्रकृयाबाट राहत पारित गराउँदा ५० जना डेमेक्रेटिक सांसद र टाइब्रेकका लागि उपराष्ट्रपति कमला ह्यारिसको मत नै प्रयाप्त हुनेछ, कुनै रिपब्लिकनको सहमति खोज्न आवश्यक हुनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्य नियम अनुशार अगाडि बढ्दा भने सिनेटमा ६० भोटका आवश्यकता पर्छ । त्यसका लागि कम्तीमा १० जना रिपब्लिकन सिनेटरहरुको सहमति खोज्न अनिवार्य हुनेछ । नीतिगत निर्णय बाहेक खर्च र ट्याक्सका सन्दर्भमा सामान्य बहुमतबाट बजेट प्रकृया अपनाएर प्रत्येक आर्थिक बर्षमा एउटा बिल पारित गर्न सकिन्छ ।

सीएनएनको स्टेट अफ द युनियन कार्यक्रममा अन्तरवार्ता दिदै स्याण्डर्सले बजेट मेलमिलापको प्रकृया नै उचित विकल्प भएको बताएको छन् । १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा बेरोजगारी विमा रकममा बढोत्तरी, १४ सय डलरको राहत चेक लगायतका कैयन राहतका विषयहरु समेटिएका छन् । आफू रिपब्लिकनहरुसँग काम गर्न इच्छुक रहेपनि राहतका लागि हप्तौं कुर्न नसकिने स्याण्डर्सको भनाई छ ।

स्याण्डर्सले भने -‘यदि डेमोक्र्याट्सले अहिले नै कदम नचालेको खण्डमा रिपब्लिकनहरुले मतदातासँग भन्नेछन् कि तिमीहरुलाई उनीहरुलाई चुन्यौ तर उनीहरुले केही पनि गरेनन्, त्यसैले अब हामीलाई भोट देऊ ।’

त्यसपछि उनीहरुले चुनाव जीत्ने स्याण्डर्सले बताए ।

राष्ट्रपति जो बाइडेनले भने सकभर दुईदलीय सहमतिबाटै अगाडि बढ्ने बताएका छन् । बाइडेनको आर्थिक सल्लाहकारहरुको समुहले  आइतबार मध्यपन्थ्थी सिनेटरहरुको दुईदलीय समुहलाई भेट्ने कार्यक्रम रहेको छ ।

के हुँदैछ १४ सय डलरको राहत चेक?

केही मुख्य रिपब्लिकन सांसदहरुले १४ सय डलरको राहत चेकसहितको प्याकेज पारित हुन महिनौं लाग्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले २ हजार डलरको राहत चेकको प्रतिबद्धता जनाएका छन्, जसमध्ये ६ सय डलरको राहत चेक अधिकांशले प्राप्त गरिसकेका छन् ।

राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा रहेको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज प्रतिनिधिसभाबाट पारित गर्न त सहज छ । तर सिनेटमा फिलिबस्टर भोटको आवश्यकता पर्ने भएकाले उक्त ६० भोट जुटाउनका लागि १० जना रिपब्लिकन सांसदहरुलाई मनाउनुपर्ने हुन्छ । त्यसका लागि प्याकेजको रकम घटाउनुपर्ने हुनसक्छ । अन्यथा ६० भोटको थ्रेसहोल्डलाई बाइपास गर्नका लागि बजेट प्रकृया अगाडि बढाउनुपर्ने हुनसक्छ ।

सबैभन्दा उदार मध्येकी एक रिपब्लिकन सिनेटर सुजन कोलिन्सले आफूले भ्याक्सिन फण्ड बढाउनुपर्नेमा सहानुभूति राख्ने भएपनि यति ठूलो प्याकेज आवश्यक नभएको बताएकी छिन् । भर्खरै ९ सय बिलियनको राहत प्याकेज पारित भएको अवस्थामा तत्कालै ठूलो प्याकेज पारित गर्न आवश्यक नभएको र त्यसका लागि केही महिना लाग्नसक्ने बताएकी छिन् ।

त्यस्तै उदार मानिने रिपब्लिकन सिनेटर लिसा मुर्कोस्कीले बाइडेनको आव्हान महत्वपूर्ण भएको बताएपनि ९ सय बिलियनको राहत प्याकेजको मसी सुक्न नपाएको बताएकी छिन् । उनले उचित रकमको राहत प्याकेज आवश्यक हुने बताएकी छिन् ।

त्यस्तै रुढीबादी र पार्टीलाइन विपरित अगाडि बढ्ने रिपब्लिकन सिनेटर मिट रोम्नीले अर्को एक ट्रिलियन वा ५ सय बिलियनको विशाल राहत प्याकेज तत्काल चाहिने पक्षमा आफू नरहेको बताएका छन् । अर्थतन्त्र कोरोनाका कारण पछाडि परेको तर राहत नदिएका कारण पछाडि नपरेको बताएका छन् । सबैले भ्याक्सिन लगाएपछि अर्थतन्त्र सुदृढ हुने उनले बताए ।

यदि रिपब्लिकनको समर्थन प्राप्त नभएको खण्डमा डेमोक्र्उाट्सहरुले फिलिबस्टर भोटलाई बाइबास गर्ने संसदीय विधि अपनाउन सक्नेछन् । बजेट प्रावधान अनुशार अगाडि बढेको खण्डमा सामान्य बहुमतबाट पनि बिल पारित हुनसक्नेछ । तर सकभर डेमोक्र्याट्सहरु दुईदलीय सहमति खोजेर अगाडि बढ्ने पक्षमा रहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com