९ डोज भ्याक्सिन चोरेर पत्नी र साथीलाई दिने टेक्सासका डाक्टर फन्दामा, जेलसजाय हुनसक्ने


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

भ्याक्सिन चोरेर परिवार र साथीहरुलाई दिएको अभियोगमा टेक्सासका एकजना डाक्टर फन्दामा परेका छन् । टेक्सासको ह्युस्टन क्षेत्रमा डाक्टर हसन गोकालले ९ डोज भ्याक्सिन चोरेर परिवार र साथीहरुलाई दिएको अभियोग लगाएको छ ।

यदि अभियोग प्रमाणित भएमा उनलाई १ बर्षसम्म जेलसजाय र ४ हजार डलरसम्म जरिवाना हुनसक्ने जनाइएको छ । ह्यारिस काउन्टी पब्लिक हेल्थमा कार्यरत ती डाक्टरले मोडेर्ना भ्याक्सिनका शीशी चोरेर श्रीमतिसहित परिवारका सदस्य र साथीहरु गरी ९ जनालाई भ्याक्सिन लगाइदिएको जनाइएको छ ।

उनले मोडेर्ना भ्याक्सिनका पंचर भएका शीशीहरु चोरेर बाँडेको अभियोग छ । सरकारी प्रकृयाबाट भ्याक्सिन पाउनेहरुको पालो मिचेर ती डाक्टरले पदको दुरुपयोग गरी आफ्ना परिवार र साथीहरुलाई भ्याक्सिन दिएको ह्यारिस काउन्टीका डिस्ट्रिक्ट एटोर्नी किम ओगले आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टरका वकिलले भने पंचर भएर खेर जान लागेका भ्याक्सिन खेर जानुको साटो मान्छेको पाखुरामा लगाइएकाले ती डाक्टर इमान्दार कर्मचारी भएको बताएका छन् । ह्यारिस काउन्टीले भ्याक्सिन खेर जान दिने र डाक्टरलाई बदनाम गर्ने प्रयासमात्र गरेको डाक्टरका वकिलको भनाई छ ।

डाक्टर गोकाललाई अनुसन्धानका क्रममा कामबाट निष्काशन गरिसकिएको छ । अधिकारीहरुले पंचर भएका शीशीहरु परिवार र आफन्तलाई दिने नभई मुख्य अफिसमा ल्याएर पालोमा रहेकाहरुलाई दिनुपर्ने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com