न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन सकिएपछि तय गरिएका अप्वाइन्टमेन्टहरु रद्द


प्रकाशित मिति : माघ १०, २०७७ शनिबार

न्युयोर्क सिटी र न्युयोर्क राज्यमा पठाइएका कोरोनाबिरुद्धको भ्याक्सिन सकिएपछि तय गरिएका कैयन अप्वाइन्टहरु रद्द गरिएका छन् । आगामी साता भ्याक्सिनका नयाँ सिपमेन्ट नआउँदासम्म सबै भ्याक्सिन पूर्णरुपमा सकिएको जनाइएको छ ।

भ्याक्सिन सकिएपछि अस्पतालहरुले नयाँ अप्वाइन्टमेन्ट लिएका छैनन् भने पहिलेका अप्वाइन्टमेन्टपनि रद्द गरेका छन् । १५ वटा भ्याक्सिन वितरण केन्द्रहरु बन्द गरिएका छन् ।

गभर्नर एन्ड्रयु कुमोले यसको दोष पूर्व ट्रम्प प्रशासनलाई दिएका छन् । ट्रम्प प्रशासनले आपूर्ति नबढाइकनै योग्यताका धेरै श्रेणी खुला गरेकाले यस्तो अवस्था श्रृजना भएको उनले आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगामी साता साढे २ लाख डोज भ्याक्सिन आउनेछ । तर यी भ्याक्सिनका डोजहरु हात्तिका मुखमा जिरा जस्तै हुनेछ । कतिपयले भण्डारण गरिएका दोश्रो डोजहरु नै पहिलो पटक भ्याक्सिन लगाउनेहरुका लागि प्रयोग गर्न सुझाव दिएका छन् ।

गभर्नर कुमोले संघीय सरकारसँग समन्वयविना यसो गर्न नसकिने बताएका छन् । समयमै दोश्रो डोज दिन नसकेको खण्डमा भ्याक्सिनको प्रभावकारिताबारे प्रश्नचिन्ह खडा हुने स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

न्युयोर्कमा अहिलेसम्म १२ लाख बढी भ्याक्सिनका डोजहरु प्रदान गरिसकिएको सीडीसीले जनाएको छ । जसमध्ये कम्तीमा एउटामात्र डोज पाउनेहरु १० लाख रहेका छन् । न्युयोर्कमा साढे २३ लाख भ्याक्सिनका डोज डेलिभर गरिसकिएको छ ।

आगामी ६ हप्ताका लागि प्रत्येक हप्ता साढे २ लाखका दरले भ्याक्सिनका डोजहरु न्युयोर्कमा डेलिभर गरिदैछ । तर राज्यले हरेक दिन एकलाखलाई सहजै भ्याक्सिन लगाउनसक्ने र साताका लागि उपलब्ध गराइने साढे २ लाख प्रयाप्त नहुने गभर्नर कुमोको भनाई छ ।

सीडीसीका अनुशार अमेरिकाभर अहिलेसम्म झण्डै ४ करोड भ्याक्सिनका डोजहरु डेलिभर गरिएको छ । त्यसमध्ये झण्डै दुई करोड डोज भ्याक्सिन लगाइसकिएको छ । १ करोड ६२ लाख बढीले एउटा डोज र झण्डै २८ लाखले दुईवटै डोज भ्याक्सिन प्राप्त गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com