अमेरिकी दूतावास काठमाडौंको सामाजिक सञ्जालबाटै बर्नी स्याण्डर्सको मजाक!


प्रकाशित मिति : माघ १०, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहको एउटा तस्वीर सामाजिक सञ्जालमा मिमका रुपमा भाइरल बनेको छ । भर्मोन्टका सिनेटर स्याडर्स सपथग्रहण समारोहमा उपस्थीत भएर आफूलाई न्यायो बनाउँदै अवलोकन गरिरहेको तस्वीरका कैयन प्रकारका मिमहरु बनाइएको छ, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

सामाजिक सञ्जालमामात्र होइन, सरकारी सामाजिक सञ्जालबाटै बर्नी स्याण्डर्सको मिम पोष्ट गरिएको छ । अमेरिकी दूतावास काठमाडौंले फोटोसप गरेर बर्नी स्याण्डर्स काठमाडौंमा रहेको गद्दी बैठक अगाडि बसेको बनाइएको मिम आफ्नो फेसबुक पेज र ट्वीटरबाट पोष्ट गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यहाँ भनिएको छ – ‘सिनेटर स्याण्डर्सले अहिले अमेरिकी दूतावासले सहयोग गरेको सांस्कृतिक संरक्षण परियोजना लगायत विश्वभर यात्रा गरिरहेका छन् ।’

तस्वीरमा स्याण्डर्सले लगाएको ग्लोभ्सको पनि चर्चा भइरहेको छ । भाइरल भइरहेको आफ्नो तस्वीरबारे बर्नी स्याण्डर्सले भनेका छन् – ‘म त्यहाँ बसेर आफूलाई न्यानो बनाउने प्रयास गरिरहेको थिएँ । त्यहाँ के भइरहेको छ भन्ने सन्दर्भमा ध्यान दिइरहेको थिएँ ।’

स्याडर्स लोकतान्त्रिक समाजवादी नेता हुन् । उनले राष्ट्रपति चुनावको प्राइमरीमा जो बाइडेनबिरुद्ध उम्मेदबारी दिएका थिए । पछि उनले आफ्नो चुनावी यात्रा बीचमै रोकेका थिए । स्याडर्स सन् २०१६ को डेमोक्रेटिक प्राइमरीमा हिलारीबिरुद्ध चुनाव लडेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com