पूर्व राष्ट्रपति ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव सोमबार सिनेटमा


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव सोमबार सिनेटमा पठाइने भएको छ । हाउस स्पीकर न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पठाउने तयारी गरिरहेको सिनेटमा डेमोक्रेटिक नेता चाल्र्स शुमरले बताएका छन् ।

बिद्रोहका लागि उत्तेजना फैलाएको आरोपमा ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव अमेरिकी संसदको प्रतिनिधिसभाबाट पारित भएको थियो । जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगाफसादमा ट्रम्पलाई हिंशा भड्काएको आरोप छ ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले सिनेटमा महाअभियोग प्रस्ताव परीक्षणका लागि फेब्रअरीसम्म ढिलाई गर्न आग्रह गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्पलाई प्रतिरक्षाका लागि तयारी गर्न समय दिनुपर्ने र निष्पक्ष तथा पूर्णरुपमा महाअभियोगको प्रकृया अगाडि बढाउनुपर्ने उनले बताएका छन् ।

ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव जनवरीको दोश्रो साता संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको थियो । महाभियोग प्रस्तावका पक्षमा २३२  र विपक्षमा १९७ मत खसेको थियो ।  ४ जना रिपब्लिकन मतदानमा सहभागी भएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तावबारे छलफलमा  डेमोक्रेटिक सांसदहरुले ट्रम्प पक्षधर आक्रमणकारीहरु आतंकारीहरु भएको र उनीहरुलाई ट्रम्पबाट कट्टर बनाइएको बताएका थिए । अमेरिकामा मेक अमेरिका ग्रेट अगेन नामको गृहयुद्ध सुरु गर्न खोजिएको उनीहरुले आरोप लगाएका थिए ।

महाअभियोग प्रस्तावको पूर्ण पाठ

ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाभियोग प्रस्ताव ल्याइएको हो । दुईपटक नै महाभियोग प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com