तस्करले कोकिन भरेका केरा अन्य केरासित मिसाउँदा झुक्किएर क्यानडाको ग्रोसरी स्टोरमा


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

लागु पदार्थका तस्करले कोकिन भरेर ओसारपसार गर्दै गरेका केराको बक्स अन्य केरासित मिसिएर क्यानडाको ग्रोसरी स्टोरमा पुगेको खुलासा भएको छ । ब्रिटिस कोलम्बियाका दुईवटा ग्रोसरी स्टोरले प्राप्त गरेका केराका बक्स खोल्दा कोकिनका पोकाहरु भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानबाट कोकिन भरिएका केराका बक्स झुक्किएर त्यहाँ पुगेको पत्ता लागेको थियो । तस्करहरुले अन्य केराका बक्ससँग मिसाएर कोकिन भरिएका केराका बक्स पनि ओसार पसार गर्दा कोकिन भरिएका केराका बक्स डेलिभर गर्नुपर्ने ठाउँमा अन्य केरा र केरा डेलिभर गर्नुपर्ने ठाउँमा कोकिन भरिएका केरा डेलिभर भएका थिए ।

उक्त सिपमेन्ट कोलम्बियाबाट क्यानडाको ब्रिटिस कोलम्बियाभित्रैको केलोना सिटीमा आएको जनाइएको छ । यदि ती बक्सहरु ग्रोसरी स्टोरमा नपुगेको भए लागु औषधीको बजारमा ८ लाख डोजका लागि पुग्ने कोकिन रहेको प्रहरीले जनाएको छ । जुन कोकिन केलोनाका हरेक निवासीलाई हरेकलाई ६ डोज प्रयोग गर्न मिल्नेजति रहेको प्रहरीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर उक्त कोकिन भेटिएकाले क्यानडाका अमूल्य जीवनहरु जेगाउन मद्दत पुगेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com