७३० मिलियनको पावरलबल मेरिल्याण्डमा, ९७० मिलियनको मेगा मिलियन भोलि खोलिने


प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार

बुधबार राती खोलिएको ७३० मिलियन डलरको पावरबल लोटरी मेरिल्याण्डमा परेको छ । मेरिल्याण्डको एलेगेनी काउन्टीमा उक्त टिकट बिक्रि भएको जनाइएको छ ।

यो पावरबलको इतिहासमा चौथो ठूलो र अमेरिकाको लोटरीको इतिहासमा पाँचौं ठूलो ज्याकपट हो । बुधबारको पावरबल जित्ने नम्बर ४०, ५३, ६०, ६८, ६९ र पावरबल नम्बर २२ रहेका थिए ।

विजेताले तीसबर्षसम्म किस्तामा रकम प्राप्त गर्न सक्नेछन् । एकमुष्ठ लिन चाहेमा भने झण्डै ५४६ मिलियन डलर प्राप्त गर्नेछन् । तर त्यसमा संघीय कर पनि तिर्नुपर्छ ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पावरबल लोटरी बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । यो टिकटको मूल्य पनि २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

त्यस्तै मंगलबार पनि अमेरिकाको मेगा मिलियन लोटरी कसैलाई पनि नपरेपछि अब यो ९७० मिलियन पुगेको छ । यो मेगा मिलियन ज्याकपट भोलि शुक्रबार खोलिने भएको छ । अमेरिकाको लोटरीकै इतिहासमा यो तेश्रो ठूलो लोटरी र मेगा मिलियनको इतिहासमा दोश्रो ठूलो भएको छ ।

यसअगाडि सन् २०१८ को अक्टोबर २३ मा मेगा मिलियन १ दशमलव ५३७ बिलियन पुगेको थियो ।

भोलि शुक्रबार कसैलाई यो चिठ्ठामा ज्याकपट परेमा झण्डै ९७० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । एकमुष्ठ नगद लिन चाहेमा झण्डै ७१६ मिलियन लिन सकिनेछ ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com