तीन डेमोक्रेटिक सिनेटरहरुबाट सपथग्रहण, अब सिनेटमा डेमोक्र्याट्सको बहुमत


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

जर्जियाबाट सिनेटका दुबैसिटमा विजयी डेमोक्र्याट्स जोन ओसोफ र राफल वार्नकले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । साथै ह्यारिसको सिनेटमा कार्यकालको बाँकी २ बर्ष सम्हाल्ने एलेक्स प्याडिलियाले पनि सिनेटरका रुपमा सपथग्रहण गरेका छन् ।

सिनेटको अध्यक्षका हैसियतमा उपराष्ट्रपति कमला ह्यारिसले सपथग्रहण गराएकी हुन् । अब सिनेटमा औपचारिक रुपमा डेमोक्र्याट्सहरुको नियन्त्रण कायम भएको छ । सिनेटका एकसयसिटमा ५० सिट रिपब्लिकनले र ५० सिट डेमोक्र्याट्सले जीतेका कारण उपराष्ट्रपतिको टाइब्रेक मतका आधारमा डेमोक्र्याट्सको नियन्त्रण कायम भएको हो ।

नजिता प्रमाणिकरण गर्ने डेडलाइन शुक्रबारसम्म रहेपनि मंगलबार नै प्रमाणिकरण गरिएपछि आजै दुबैजनालाई उपराष्ट्रपति कमला ह्यारिसबाट सपथ ग्रहण गर्ने मौका मिलेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३३ बर्षका डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले रिपब्लिकन उम्मेदबार डेभिड पर्डयुलाई पराजित गरेका हुन् । त्यस्तै राफल वार्नकले रिपब्लिकन उम्मेदबार केली लोफ्लरलाई पराजित गरेका थिए ।

ओसोफले झण्डै २४ हजार मतको अन्तरले जीतेका थिए भने वार्नकले झण्डै ६२ हजार मतले जीतेका थिए । वार्नकले सन् २०२२ को चुनावमा पुन प्रतिस्पर्धा गर्नुपर्नेछ भने ओसोफ पूरै ६ बर्ष सिनेटमा रहनेछन् ।

३३ बर्षका ओसोफ सन् १९८१ पछि अमेरिकी सिनेटरमा चुनाव जित्ने सबैभन्दा कान्छा व्यक्ति हुन् । जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका थिए । जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार जो बाइडेनले जीतेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सन् १९७३ मा सिनेटरमा निर्वाचित हुँदा ३० बर्षका थिए । त्यो यता उनीभन्दा कम उमेरका कोही पनि व्यक्ति सिनेटरमा निर्वाचित भएका छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com