लाइभ अपडेट: अमेरिकी राष्ट्रपतिका बाइडेन र उपराष्ट्रपतिमा ह्यारिसबाट सपथग्रहण


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

(यो पृष्ठमा लाइभ अपडेट समाप्त भएको छ । थप अपडेट र समाचारका लागि यहाँ क्लीक गर्नुहोला ।)

11:55AM (EST):अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा बाइडेनबाट सपथग्रहण

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिएका छन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिएका छन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सपथग्रहणमा जो बाइडेनले भने – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु ।त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

11:40AM (EST):अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिसबाट सपथग्रहण

अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिसबाट सपथग्रहण गरेकी छिन् ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिएकी छिन् । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिएकी छिन् ।

सपथग्रहणमा कमला ह्यारिसले भनिन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तब्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

 

11:25AM (EST):सपथग्रहण समारोह औपचारिक रुपमा सुरु

सपथग्रहण समारोह औपचारिक रुपमा सुरु भएको छ । सिनेटर एमी क्लोबुचारले औपचारिक रुपमा नयाँ प्रशासनको स्वागत गरेकी छिन् । उनले प्राइमरीमा जो बाइडेनबिरुद्ध उम्मेदबारी दिएकी थिइन् ।

 

11:20AM (EST):सपथग्रहणका लागि जो बाइडेन र कमला ह्यारिस स्टेजमा

सपथग्रहणका लागि नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस स्टेजमा आइसकेका छन् । अबको केहीबेरमा उनीहरुले सपथग्रहण गर्नेछन् ।

11:07AM (EST):सर्वोच्च अदालतका न्यायाधिसहरु पनि समारोह स्थलमा 

सर्वोच्च अदालतका न्यायाधिसहरु पनि समारोह स्थलमा आइसकेका छन् ।

राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिनेछन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिनेछन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राख्नेछन् ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिने कार्यक्रम रहेको छ । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिनेछिन् ।

10:50AM (EST): पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस पनि समारोह स्थलमा

पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस पनि समारोह स्थलमा उपस्थीत भएका छन् । साथमा पत्नी लाउरा बुस पनि छन् । पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन र बराक ओबामा समारोह स्थलमा आइसकेका छन् ।

10:30AM (EST):बाइडेन र ह्यारिस पनि सपथग्रहण समारोह स्थलमा प्रवेश

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस पनि सपथग्रहण समारोह स्थलमा प्रवेश गरिसकेका छन् । सपथग्रहण समारोह अगाडि उनीहरु क्यापिटल हिल प्रवेश गरेका छन् ।

 

10:29AM (EST):बमको त्रासपछि सर्वोच्च अदालत खाली

बमको त्रासपछि सर्वोच्च अदालत खाली गराइएको छ । सर्वोच्च अदालत भवन क्यापिटल हिलको नजिकै रहेको छ, जहाँ जो बाइडेन र माइक पेन्सले सपथ ग्रहण गर्दैछन् ।

10:25AM (EST):माइक पेन्स र मिच म्याक्कोनल पनि सपथग्रहण समारोहमा 

केहीबेरमा पदावधि सकिदै गरेका उपराष्ट्रपति माइक पेन्स र सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनल पनि सपथग्रहण समारोहमा उपस्थीत भइसकेका छन् । डोनाल्ड ट्रम्प भने समारोहमा उपस्थीत नहुने भएका छन् । उनी आज विहानै विदाई मन्तब्य दिएर फ्लोरिडातिर लागिसकेका छन् ।

10:15AM (EST):ओबामा र क्लिन्टन सपथग्रहण समारोहमा उपस्थीत

पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लिन्टन र बराक ओबामा सपथग्रहण स्थलमा आइसकेका छन् । बिल क्लिन्टन र हिलारी क्लिन्टन समारोहमा स्थलमा आएका हुन् भने बराक ओबामा र मिशेल ओबामा कार्यक्रम स्थलमा आएका हुन् । अन्य भीआईपीहरु आउने क्रम जारी छ ।

 

10:10AM (EST):दर्शकका स्थानमा झण्डा

विगतका सपथग्रहण समारोहमा दर्शकको भींडभाड हुने स्थानमा अहिले झण्डाहरु फहराइएको छ । समारोहमा उपस्थीत हुन नसकेकाहरुको प्रतिनिधित्वको रुपमा विगतमा झण्डै २ लाख झण्डाहरु फहराइएको छ । विगतका सपथग्रहणमा सांसदले आफ्ना क्षेत्रमा वितरणका लागि झण्डै २ लाख टिकट प्राप्त गर्थे । तर यसपटक कोरोनाको महामारीका कारण जम्मा ३ हजारको हाराहारीमा टिकटसहितका व्यक्तिलाईमात्र क्यापिटल ग्राउण्डमा अनुमति दिइने छ ।

10:00AM (EST): बाइडेनको सपथग्रहण समारोह स्थल

बाइडेन र ह्यारिसको सपथग्रहणका लागि सबै तयारी पूरा भएको छ । सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।

बाइडेनको सपथग्रहण समारोह स्थल

9:55AM (EST): यस्तो सपथ लिनेछन् बाइडेन र ह्यारिसले

राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिनेछन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिनेछन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राख्नेछन् ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिने कार्यक्रम रहेको छ । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिनेछिन् ।

सपथग्रहणमा जो बाइडेनले भन्नेछन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु ।त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

सपथग्रहणमा कमला ह्यारिसले भन्नेछिन्  -‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तब्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

 

9:45AM (EST):  केहीबेरमा सपथग्रहण गर्दै बाइडेन र ह्यारिस

आज राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिदैछन् । सपथग्रहण समारोह अहिले केहिबेरमा सुरु हुँदैछ । उपराष्ट्रपति कमला ह्यारिसले पनि पद तथा गोपनियताको सपथग्रहण गर्नेछिन् । वासिंटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिलको पश्चिम तर्फको अग्रभागमा सपथग्रहण कार्यक्रम आयोजना हुँदैछ । सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यही सपथ लिएका थिए । त्यसपछि हरेक राष्ट्रपतिले यही स्थानमा सपथग्रहण गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com