ट्रम्पले छाडे ह्वाइटहाउस


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

❒ दिउसो १२ बजे राष्ट्रपतिको पदावधि सकिन लागेका डोनाल्ड ट्रम्पले छाडे ह्वाइटहाउस, ४५ औं राष्ट्रपतिका रुपमा सेवा गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान रहेको भनाई

❒ सेनाको हेलिकोप्टरमार्फत ज्वाइन्ट बेस एन्ड्रयु क्याम्पमा, क्याम्पमा उनका लागि बिदाई कार्यक्रम 

❒ मेलानिया ट्रम्पले प्रथम महिलाको रुपमा सेवा गर्न पाउनु आफ्ना लागि सम्मानको कुरा भएको बताइन् । डोनाल्ड ट्रम्पले आफ्ना छोराछोरीहरुलाई धन्यवाद दिए ।

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

दिउसो १२ बजे राष्ट्रपतिको पदावधि सकिन लागेका डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेका छन् । ह्वाइटहाउसबाट बाहिर निस्कदै गर्दा उनले ४५ औं राष्ट्रपतिका रुपमा सेवा गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान रहेको बताए ।

यो आफ्ना लागि जीवनभरका लागि सम्मान भएको उनले बताए । तर उनले यो बिदाई धेरै लामो नहुने आशा व्यक्त गरे ।

त्यसपछि उनी सेनाको हेलिकोप्टरमार्फत ज्वाइन्ट बेस एन्ड्रयु  क्याम्पमा आए । ज्वाइन्ट बेस एन्ड्रयु  क्याम्पमा उनका लागि बिदाई कार्यक्रम राखिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यहाँ बोल्दै मेलानिया ट्रम्पले प्रथम महिलाको रुपमा सेवा गर्न पाउनु आफ्ना लागि सम्मानको कुरा भएको बताइन् । डोनाल्ड ट्रम्पले आफ्ना छोराछोरीहरुलाई धन्यवाद दिए ।

राष्ट्रपतिका रुपमा अन्तिम सम्बोधनका रुपमा ट्रम्पले नयाँ बाइडेन प्रशासनलाई गुडलक भन्दै सधै लडिरहने प्रतिबद्धता जनाए । उनले भने – ‘तपाईहरु एकदमै राम्रो जनताहरु हुनुहुन्छ । यो महान महान देश हो । तपाईहरुको राष्ट्रपति हुन पाउनु मेरा लागि ठूलो सम्मान हो ।’

ट्रम्पले ह्वाइटहाउसबाट निस्कने बेलामा जो बाइडेनका लागि एउटा नोट छाडेको जनाइएको छ । तर नोटमा के उल्लेख छ भन्नेबारे केही बताइएको छैन । नयाँ राष्ट्रपतिका लागि पदावधि सकिन लागेका राष्ट्रपतिले पत्र छाडेर जाने प्रचलन रहेको छ ।

ज्वाइन्ट बेस एन्ड्रयुजमा बिदाई कार्यक्रमपछि ट्रम्प एयरफोर्स वानमार्फत फ्लोरिडातिर लागेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com