जर्जियाबाट सिनेटका दुबैसिटमा विजयी डेमोक्रेटिक उम्मेदबारको जीत प्रमाणिकरण, भोलि नै सपथ


प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

❒ जर्जियाबाट सिनेटका दुबैसिटमा विजयी डेमोक्रेटिक उम्मेदबारको जीत औपचारिक रुपमा प्रमाणिकरण, भोलि नै सपथग्रहण

❒ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सपथ लिनु अगाडि नै ओसोफ र वार्नकको जीत प्रमाणिकरण गरिएकाले दुबैजनालाई बुधबार उपराष्ट्रपति कमला ह्यारिसले सपथग्रहण गरेपछि सिनेटरका रुपमा सपथ लिनका लागि बाटो खुल्ला

❒ जर्जियाका दुई डेमोक्र्याटसको जीत बाइडेन कार्यकालमा अमेरिकाको आप्रवासन लगायतको परिदृश्य नै बदल्न सक्ने जीत

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

जर्जियाले सिनेटका दुबैसिटमा विजयी डेमोक्रेटिक उम्मेदबारको जीत औपचारिक रुपमा प्रमाणिकरण गरेको छ । जर्जियाका सेक्रेटरी अफ स्टेटले आज औपचारिक रुपमा जोन ओसोफ र राफल वार्नकको जीत प्रमाणिकरण गरेका हुन् ।

नजिता प्रमाणिकरण गर्ने डेडलाइन शुक्रबारसम्म रहेपनि मंगलबार नै प्रमाणिकरण गरिएको हो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सपथ लिनु अगाडि नै ओसोफ र वार्नकको जीत प्रमाणिकरण गरिएको छ । अब दुबैजनालाई बुधबार उपराष्ट्रपति कमला ह्यारिसले सपथग्रहण गरेपछि सिनेटरका रुपमा सपथ लिनका लागि बाटो खुलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुले भोलि दिउसो साढे ४ बजेतिर सपथग्रहण गर्ने जनाइएको छ । त्यसपछि सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुनेछ । सिनेटका एकसयसिटमा ५० सिट रिपब्लिकनले र ५० सिट डेमोक्र्याट्सले जीतेका कारण उपराष्ट्रपतिको टाइब्रेक मतका आधारमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुने भएको हो ।

३३ बर्षका डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले रिपब्लिकन उम्मेदबार डेभिड पर्डयुलाई पराजित गरेका हुन् । त्यस्तै राफल वार्नकले रिपब्लिकन उम्मेदबार केली लोफ्लरलाई पराजित गरेका थिए ।

ओसोफले झण्डै २४ हजार मतको अन्तरले जीतेका थिए भने वार्नकले झण्डै ६२ हजार मतले जीतेका थिए । वार्नकले सन् २०२२ को चुनावमा पुन प्रतिस्पर्धा गर्नुपर्नेछ भने ओसोफ पूरै ६ बर्ष सिनेटमा रहनेछन् ।

३३ बर्षका ओसोफ सन् १९८१ पछि अमेरिकी सिनेटरमा चुनाव जित्ने सबैभन्दा कान्छा व्यक्ति हुन् । जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका थिए । जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार जो बाइडेनले जीतेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com