ट्रम्पलाई बिदाई गर्न माइक पेन्स नजाने, बरिष्ठ रिपब्लिकन नेताहरु पनि नजाने


प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

❒  ह्वाइट हाउसबाट बिदा भएर फ्लोरिडा जाने क्रममा ट्रम्पलाई बिदाई गर्न उनको राष्ट्रपति कार्यकालका उपराष्ट्रपति पेन्स  नजाने

❒  भोलि विहान ८ बजे ह्वाइट हाउस छाडेर सैन्य बेसमा जाने ट्रम्प त्यहाँबाट विदाई भएपछि फ्लोरिडातिर लाग्ने

❒  ट्रम्पको बिदाईमा बरिष्ठ रिपब्लिकन नेताहरु  मिच म्याक्कोनेल र  केभिन म्याकार्थी पनि  नजाने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

भोलि ह्वाइट हाउसबाट बिदा भएर फ्लोरिडा जाने क्रममा डोनाल्ड ट्रम्पलाई बिदाई गर्न माइक पेन्स नजाने भएका छन् । ट्रम्पको राष्ट्रपति कार्यकालका उपराष्ट्रपति पेन्स भोलि दिउसो नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहणमा भने उपस्थीत हुने भएका छन् ।

सैन्य क्याम्पमा हुने बिदाई समारोहपछि ट्रम्प फ्लोरिडातिर लाग्ने भएका छन् । बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत नहुने बताइसकेका ट्रम्पले सपथग्रहण हुनुभन्दा केही घण्टा अगाडि नै ह्वाइटहाउस छाड्ने जनाइएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार माइक पेन्सले आफू र पत्नी करेन पेन्स बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत हुने बताइसकेका छन् । अमेरिकी संसदभवन क्यापिटल हिलको पश्चिमतिरको अग्रभागमा सपथग्रहण समारोहको आयोजना गरिने भएको छ ।

उपराष्ट्रपतिका रुपमा अन्तिम घण्टाहरु बिताइरहँदा पेन्सले मंगलबार उपराष्ट्रपतिका रुपमा ४ बर्ष सेवा गर्न पाएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन् विगत चार बर्ष तपाईको उप राष्ट्रपतिको रूपमा सेवा गर्ने सुअवसरको लागि धन्यवाद । यो मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। दोस्रो महिला, क्यारेन पेन्स र हाम्रो सम्पूर्ण परिवारको तर्फबाट धन्यवाद । भगवानले अमेरिकालाई आशिर्वाद दिउन् ।

ट्रम्पले बुधबार विहान ८ बजे ह्वाइट हाउस छाडेर संयुक्त एन्ड्रयु बेसतर्फ लाग्ने बताइएको छ । ट्रम्पको बिदाईमा माइक पेन्स मात्र नभई अरु कैयन बरिष्ठ रिपब्लिकन नेताहरु पनि नजाने बताइएको छ । सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेल र हाउसमा रिपब्लिकन नेता केभिन म्याकार्थी पनि बिदाईमा नजाने भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com