ट्रम्पको विदाई भिडियो सन्देश, नयाँ प्रशासनलाई शुभकामना (भिडियो समेत)


प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

❒ ह्वाइट हाउस छाड्दै गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पको विदाई भिडियो सन्देश सार्वजनिक, आगामी प्रशासनलाई शुभकामना

❒ बिदाई मन्तव्य झण्डै २० मिनेटको, ट्रम्पले भोलि विहान ह्वाइट हाउस छाड्दै

❒ विदाई मन्तब्यमा आफ्नो कार्यकालको उपलब्धीको चर्चा, क्यापिटल हिलमा भएको दंगाफसादबारे पनि चर्चा

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

भोलि विहान ह्वाइट हाउस छाड्दै गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदाई भिडियो सन्देश सार्वजनिक गरेका छन् । ट्रम्पले भिडियो सन्देशमा आफ्नो कार्यकालको उपलब्धीको चर्चा गरेका छन् भने आगामी प्रशासनलाई शुभकामना दिएका छन् ।

ट्रम्पले भनेका छन् -‘यो साता हामीले नयाँ प्रशासनको सुरुवात गर्दैछौं । र अमेरिकालाई सुरक्षित र समृद्ध राख्नका लागि यसको सफलताको कामना गर्दछौं । हामी शुभकामना दिन चाहन्छौं । र उनीहरुलाई अत्यन्तै महत्वपूर्ण शब्द भाग्यले साथ दिएको चाहन्छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफ्ना उपलब्धीहरुको बयान गर्दै अमेरिकी जनताका लागि कडा मिहिनेत गरेको बताएका छन् । उनले आफ्नो कार्यकालमा कुनै नयाँ युद्ध सुरु नगरेको बताएका छन् । कोरोना महामारीका समयमा अमेरिकी अर्थतन्त्र सुस्त गतिमा भएपनि आर्थिक प्रगतिको समेत ट्रम्पले जस लिएका छन् ।

उनले आफ्नो सम्बोधनमा जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगाफसादको बारेमा समेत चर्चा गरेका छन् । उनले भनेका छन् – ‘क्यापिटल हिलमा भएको आक्रमणबाट सबै अमेरिकनहरु डराए । राजनीतिक हिंशा  हामीले अमेरिकनका रुपमा मनाउने हरेक कुरामाथिको आक्रमण हो । यो कहिले पनि सह्य हुँदैन ।’

ट्रम्पको यो बिदाई मन्तव्य झण्डै २० मिनेटको रहेको छ । ट्रम्पले भोलि विहान ह्वाइट हाउस छाड्दैछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com