८६५ मिलियन डलरको मेगा मिलियन आज खोलिदै, ७३० मिलियनको पावरबल भोलि


प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

गत शुक्रबार पनि अमेरिकाको मेगा मिलियन लोटरी कसैलाई पनि नपरेपछि अब यो ८६५ मिलियन पुगेको छ । यो मेगा मिलियन ज्याकपट आज मंगलबार खोलिने भएको छ । अमेरिकाको लोटरीकै इतिहासमा यो तेश्रो ठूलो लोटरी र मेगा मिलियनको इतिहासमा दोश्रो ठूलो भएको छ ।

यसअगाडि सन् २०१८ को अक्टोबर २३ मा मेगा मिलियन १ दशमलव ५३७ बिलियन पुगेको थियो ।

आज मंगलबार कसैलाई यो चिठ्ठामा ज्याकपट परेमा झण्डै ८ सय ६५ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । एकमुष्ठ नगद लिन चाहेमा झण्डै ६ सय ३८ मिलियन लिन सकिनेछ ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

त्यस्तै जनवरी २० बुधबार खोलिने अमेरिकाको पावरबल चिठ्ठा पनि ७३० मिलियन डलर पुगेको छ । बुधबार कसैलाई चिठ्ठा परेमा उक्त व्यक्तिले ७३० मिलियन डलर प्राप्त गर्न सक्नेछन् । एकैपटक नगदमा लिएमा झण्डै ५४६ मिलियन डलर प्राप्त हुनेछ ।

अमेरिकाको लोटरीको इतिहासमा यो छैठौं ठूलो हो भने पावरबलको इतिहासमा चौथो ठूलो हो । यसअगाडि सन् २०१६ को जनवरी १६ मा पावरबल १ दशमलव ५८६ बिलियन पुगेको थियो । त्यसपछि २०१७ को अगस्त २३ मा ७५८ मिलियन र सन् २०१९ को मार्च २७ मा ७६८ मिलियन पुगेको थियो ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

त्यस्तै पावरबल लोटरी बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । यो टिकटको मूल्य पनि २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com