झण्डै २९ देशमाथिको कोरोना सम्बन्धित यात्रा प्रतिबन्ध हटाउने ट्रम्पबाट कार्यकारी आदेश

प्रकाशित मिति : माघ ५, २०७७ सोमबार

❒  पदावधि सकिन २ दिनभन्दा पनि कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट युरोप, बेलायत, आयरल्याण्ड, ब्राजिल लगायतमाथिको कोरोना भाइरस सम्बन्धित यात्रा प्रतिबन्धहरु हटाउने कार्यकारी आदेश

❒  कोरोनाको नयाँ प्रकार विश्वमा बढीरहेको सन्दर्भमा र महामारी खराब बन्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धहरु हटाउने उचित समय नभएको बाइडेनका प्रवक्ताबाट स्पष्ट

❒  ट्रम्पले गत मे २४ मा कार्यकारी आदेश जारी गरेर बेलायत, ब्राजिल, आयरल्याण्ड, २६ वटा युरोपेली देशहरु, इरान र चीनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

पदावधि सकिन २ दिनभन्दा पनि कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप, बेलायत, आयरल्याण्ड, ब्राजिल लगायतमाथिको कोरोना भाइरस सम्बन्धित यात्रा प्रतिबन्धहरु हटाएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत शेंगेन क्षेत्रका २६ देशहरुसहित बेलायत, आयरल्याण्ड, ब्राजिलमाथिको यात्रा प्रतिबन्ध हटाएका हुन् ।

तर ट्रम्पले चीन र इरानमाथिको यात्रा प्रतिबन्ध भने हटाएका छैनन् । ट्रम्पको यो कार्यकारी आदेश भने नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेको ६ दिनपछि अर्थात जनवरी २६ पछिमात्र कार्यान्वयनमा आउनेगरी जारी गरिएको छ ।

बाइडेनले बुधबार अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दैछन् । ट्रम्पले कार्यकारी आदेशमार्फत यी देशहरुमाथिको यात्रा प्रतिबन्ध हटाउने बताएपनि बाइडेनकी आगामी प्रेस सेक्रेटरी जेन पास्कीले भने यात्रा प्रतिबन्धहरु नहटाइने बताएकी छिन् । कोरोनाको नयाँ प्रकार विश्वमा बढीरहेको सन्दर्भमा र महामारी खराब बन्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धहरु हटाउने उचित समय नभएको उनले बताएकी छिन् ।

गतसाता सीडीसीले अमेरिका आउने हरेक यात्रुको नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य हुनुपर्ने मापदण्ड तय गरेको थियो । कोरोनाको महामारी फैलिनबाट रोक्न उडानमार्फत अमेरिका आउने हरेक यात्रुले प्रस्थानको तीनदिनभित्रको नेगेटिभ कोरोना रिपोर्ट बुझाउनु पर्ने मापदण्ड तय गरेको थियो । त्यो लगत्तै ट्रम्पको यो कदम आएको हो ।

कार्यकारी आदेशको पूर्ण पाठ

बेलायतमा भेटिएका कोरोनाको नयाँ प्रकारमा अमेरिकाका कम्तीमा १० वटा राज्यमा भेटिइसकेको छ । अहिलेसम्म अमेरिकामा कोरानाका नयाँ प्रकारका केसहरु झण्डै एकसयको हाराहारीमा भेटिएका छन् ।

ट्रम्पले गत मे २४ मा कार्यकारी आदेश जारी गरेर बेलायत, ब्राजिल, आयरल्याण्ड, २६ वटा युरोपेली देशहरु, इरान र चीनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए । यो आदेश ट्रम्पले आप्रवासनमा लगाएको रोकभन्दा फरक आदेश हो । ट्रम्पले कोरोनाको महामारीको कारण देखाउदै कामदार भिसा र विभिन्न प्रकारका ग्रिनकार्डमा लगाएको रोक भने मार्चको अन्तिम सम्म नै कायम छ ।

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com