कोरोनाको डरले तीनमहिनादेखि शिकागोको एयरपोर्टभित्र लुकेर बसेका आदित्य पक्राउ


प्रकाशित मिति : माघ ५, २०७७ सोमबार

❒ कोरोनाको महामारीका कारण घरमा जान डराएर तीन महिनादेखि शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलभित्र लुकेर बसेका ३६ बर्षका आदित्य सिंह पक्राउ

❒ एकजना अपरेशन म्यानेजरको गत अक्टोबरमा हराएको परिचयपत्र बोकेर उनी अनाधिकृत रुपमा  एपरपोर्टको सुरक्षित र निषेधित क्षेत्रमा बसेको पुष्टी

❒ १९ अक्टोबर २०२० देखि १६ जनवरी २०२१ सम्म विमानस्थलभित्र लुकेर बस्दै आएका उनलाई विमास्थलको निषेधित क्षेत्रमा छिरेको र चोरीमा संलग्न भएको अभियोग 

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

कोरोनाको महामारीका कारण घरमा जान डराएर तीन महिनादेखि शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलभित्र लुकेर बसेका एक युवा पक्राउ परेका छन् । शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलभित्रको सुरक्षित क्षेत्रमा लुकिछिपी बस्दै आएका ३६ बर्षका आदित्य सिंहलाई शनिबार पक्राउ गरिएको जनाइएको छ ।

एयरलाइन्सका कर्मचारीहरुले उनलाई परिचयपत्र देखाउन भनेपछि उनी त्यहाँ अनाधिकृत रुपमा बसेको पत्ता लागेको थियो । आदित्यले आफ्नो मास्क हटाएर एकजना अपरेशन म्यानेजरको गत अक्टोबरमा हराएको परिचयपत्र देखाएपछि उनी अनाधिकृत रुपमा बसेको थाहा भएको हो । ती अपरेशन म्यानेजरले आफ्नो परिचय पत्र हराएकोबारे सम्बन्धित निकायमा रिपोर्ट गरिसकेका थिए ।

आदित्य लस एन्जलसबाट उडानमार्फत १९ अक्टोबरमा शिकागोको ओहेयर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । त्यसपछि उनी कहिलेपनि विमानस्थलबाट बाहिर निस्केनन् । उनले त्यही एकजना कर्मचारीको परिचयपत्र भेट्टाएका थिए । उनले कोरोनाको कारण घरमा जान डर लागेकाले विमानस्थलमा नै बस्दै आएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अन्य यात्रुहरुले दिएको खानेकुरा खाएर बाँचेको बताएका छन् । कुक काउन्टीका न्यायाधिसले यो मुद्दाको अवस्थाबारे आश्चर्य व्यक्त गरेकी थिइन् । उनले अदालतमा अभियोजनकर्तालाई भनिन् – ‘त्यसोभए तपाई भन्दै हुनुहुन्छ कि एकजना अनाधिकृत गैर कर्मचारी विमानस्थलको सुरक्षित भागमा १९ अक्टोबर २०२० देखि १६ जनवरी २०२१ सम्म बस्दै आएका थिए । तर उनी पत्ता लागेका थिएनन् ?’

आदित्य लस एन्जलसमा बस्दै आएको र उनको कुनै विगतको आपराधिक रेकर्ड नभएको पत्ता लागेको छ । उनी किन शिकागो आए भन्नेबारे भने केही खुलेको छैन । उनलाई विमास्थलको निषेधित क्षेत्रमा छिरेको र चोरीमा संलग्न भएको अभियोग लगाइएको छ ।

उनलाई एकहजार डलर जमानत तोकिएको छ । उनी उक्त रकम सहित आएको खण्डमा विमानस्थलमा जान निषेध गरिने न्यायाधिसको भनाई छ । अदालतमा उनलाई अर्कोपटक जनवरी २७ मा पेश गरिनेछ । यो अवस्था र तथ्य अत्यन्तै स्तब्ध बनाउने खालको रहेको न्यायाधिसको भनाई छ ।

शिकागोको उड्ययन विभागले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । तर आदित्य सिंह विमानस्थल र यात्रा गर्ने सर्वसाधारणहरुका लागि सुरक्षा जोखिम भने नभएको जनाएको छ । आदित्य सिंह भारतीय मुलका भएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com