बाइडेनको सपथग्रहण समारोह ‘रिहर्सल’ मा भागदौड


प्रकाशित मिति : माघ ५, २०७७ सोमबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहको रिहर्सल गरिरहेका सहभागीबीच भागदौड मच्चिएको छ । नजिकैको भवनमा आगो लागेपछि क्यापिटल हिलको पश्चिमतिरको अग्रभागबाट रिहर्शलमा सहभागीहरुलाई निकालेर सुरक्षित स्थानमा लगिएको छ ।

विहान साढे १० बजेतिर नजिकै धुँवाको मुस्लो देखिएपछि रिहर्सलमा सहभागी सैन्य ब्याण्डका सदस्यहरुसहित अन्य सहभागीहरुलाई सुरक्षा अधिकारीहरुले तत्कालै सुरक्षित स्थानमा लगेका थिए । जनवरी ६ को दंगाफसादपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । तर कुनै हिंशात्मक घटना हुनसक्ने सम्भावनालाई सचेतताका साथ हेरिएको छ ।

आगलागी समारोहको अभ्याससँग सम्बन्धित भने नभएको पुष्टी भएको छ । वासिंटन डिसीको फायर डिपार्टमेन्टले घटनामा कोही पनि घाइते नभएको बताएको छ । आगलागी होमलेस शिविरमा भएको जनाइको छ, जुन क्यापिटल हिल भन्दा ५ ब्लक पर रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिहर्सल भइरहेको स्थानमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस भने थिएनन् । आगलागीको कारण पनि खुलेको छैन ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनको सपथग्रहण र त्यसको सेरोफेरोमा सबै ५० वटा राज्य र वासिंटन डिसीमा सशस्त्र प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा शतर्कता अपनाइएको छ ।

देशभरबाट वासिंटन डिसीमा सेना पठाइएको छ भने सबै ५० राज्यका राज्य संसदमा हुलदंगा हुनसक्ने भन्दै एफबीआईले चेतावनी दिएको छ । वासिंटन डिसीको क्यापिटल हिल नजिकैको नेशनल मल बन्द गरिएको छ । सुरक्षा व्यवस्था कडा बनाउनका लागि सडकहरुमा अवरोधहरु बनाइएको छ भने ठाउँ ठाउँमा प्लाइउडहरु ठोकिएको छ ।

भर्जिनियाका सांसद डन बेयरले खतरा बास्तविक रहेको भन्दै क्यापिटल हिल क्षेत्रमा नजान प्रेरित गरेका छन् । बाइडेनको समुहले सपथग्रहण समारोहका लागि वासिंटन डिसीमा यात्रा नगर्न सर्वसाधारणहरुलाई अपिल गरिसकेको छ ।

कोरोनाको महामारीको कारण देखाउँदै वासिंटन डिसी नआउन सुझाव दिइएको हो । स्थानीय अधिकारीहरुले सपथग्रहण समारोह भर्चुअल तरिकाले हेर्न प्रोत्साहित गरेका छन् ।

मेरिल्याण्ड, युटाह र न्यु मेक्सिकोका गभर्नरहरुले राज्यमा संकटकालको घोषणा गरेका छन् । वासिंटन डिसीमा पनि संकटकालको घोषणा गरिएको छ । क्यालिफोर्निया, पेन्सिलभेनिया, मिसिगन, भर्जिनिया, वासिंटन र विसकन्सिनमा सेनाहरु सकृय बनाइएको छ । टेक्सासले शनिबारदेखि राज्यको संसद बन्दको घोषणा गरेको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com