नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दिइन् सिनेटरबाट राजिनामा


प्रकाशित मिति : माघ ५, २०७७ सोमबार

❒ नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दिइन् सिनेटरबाट राजिनामा, उपराष्ट्रपतिमा निर्वाचित भएकाले सिनेटरको पद छाड्नुपर्ने प्रावधान 

❒ उपराष्ट्रपतिका रुपमा उनले सिनेटको अध्यक्षता गर्ने, उनको टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुने

❒ अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएर कमलाले अमेरिकामै नयाँ इतिहास कायम, कमला अमेरिकी उपराष्ट्रपति हुने पहिलो महिला

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सिनेटरबाट राजिनामा दिएकी छिन् । उपराष्ट्रपतिमा निर्वाचित भएकाले सिनेटरको पद छाड्नुपर्ने प्रावधान अनुशार उनले राजिनामा दिएकी हुन् ।

ह्यारिसले सिनेटमा ४ बर्षको यात्रा अन्त्य गदैृ क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम समक्ष राजिनामा दिएकी हुन् । ह्यारिसको सिनेटमा कार्यकालको बाँकी २ बर्ष क्यालिफोर्नियाका सेक्रेटरी अफ स्टेट एलेक्स प्याडिलियाले सम्हाल्नेछन् ।

राजिनामाबारे उनले ओपेडमा लेखेकी छिन् – ‘यो अलविदा होइन । मैले सिनेटबाट राजीनामा दिदै गर्दा म यस्तो शपथ लिन तयारी गर्दैछु जसबाट सिनेटमा मेरो अध्यक्षता हुनेछ ।’

उपराष्ट्रपतिका रुपमा भने उनले सिनेटको अध्यक्षता गर्नेछिन् । साथै उनको टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुनेछ । जर्जियामा २ जना डेमोक्रेटिक सिनेटरहरुले जितेपछि अहिले सिनेटका १० सय सिटमध्ये ५० रिपब्लिकनका र ५० डेमोक्र्याट्सका रहेका छन् ।

अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएर कमलाले अमेरिकामै नयाँ इतिहास कायम गरेकी हुन् । कमला अमेरिकी उपराष्ट्रपति हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुन् ।

कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा जमैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् ।

इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । तर पछि उनी राष्ट्रपतिको चुनावी दौडबाट आफै पछाडि हटेकी थिइन् ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो । बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाका कारण उनी समाचारका शीर्षकहरुमा रहेकी थिइन् । एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपरराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटेकी थिइन् ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएका कारण चर्चामा आएकी थिइन् ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् । हिन्दु देवी लक्ष्मीको अर्को नाम पनि कमला हो ।

जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् ।

कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com