बाइडेनका १० दिने योजना सार्वजनिक: ११ मिलियनलाई कागजपत्रको बिलदेखि दर्जनौं कार्यकारी आदेश


प्रकाशित मिति : माघ ३, २०७७ शनिबार

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

❒ पहिलो दिन नै ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउने

❒  विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध हटाउने, मास्क अनिवार्य गर्ने नियमको घोषणा गर्ने

❒  दर्जनौं कार्यकारी आदेश, मेमो र निर्देशनहरु जारी गर्ने, पेरिस जलवायु सम्झौतामा पनि अमेरिकालाई पुन: सहभागी गराउने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको टिमले सपथग्रहणपछि १० दिनको कार्ययोजना सार्वजनिक गरेको छ । बाइडेनको कार्यकालमा ह्वाइटहाउसमा चिफ अफ स्टाफ रहने रोन क्लेनले उक्त मेमो सार्वजनिक गरेका हुन् । पहिलो दिन नै ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउनेछन् । त्योबाहेक अन्य कैयन बिलका लागि समेत बाइडेनले समर्थन जनाउनेछन् ।

त्यो बाहेक बाइडेनले १० दिनमा गर्ने मुख्य विषयहरु यस्ता छन् ।

जनवरी २०
सपथग्रहणको पहिलो दिन बाइडेनले संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्नेछन् । साथै पेरिस जलवायु सम्झौतामा पनि अमेरिकालाई पुन: सहभागी गराउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोनाल्ड ट्रम्पले विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध बाइडेनले हटाउनेछन् । राज्यहरुबीच यात्रा गर्दा र संघीय भूभागमा मास्क अनिवार्य गर्ने नियमको घोषणा गर्नेछन् । देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई थप गर्नेछन् ।

जनवरी २१
बाइडेनले विभिन्न कार्यकारी आदेशहरु जारी गर्नेछन् । कोरोना महामारीको अवस्थामा परिवर्तन हुनेगरी विभिन्न नियमको घोषणा गर्ने र विद्यालय तथा विजनेशहरु खोल्ने अवस्था बनाउनका लागि कदम चाल्नेछन् ।

जनवरी २२

बाइडेनले आफ्ना मन्त्रालयहरुलाई महामारीबाट प्रभावित काम गर्ने परिवारहरुका लागि आर्थिक राहत उपलब्ध गराउनका लागि कदम चाल्ने निर्देशन दिनेछन् ।

जनवरी २५ देखि फेबु्रअरी १ सम्म

बाइडेनले कैयन कार्यकारी आदेश, मेमोहरु र मन्त्रिपरिषद्लाई निर्देशन जारी गर्नुका साथै जलवायु संकटको सम्बोधन गर्ने कार्यकारी आदेश जारी गर्नेछन् । अमेरिकन उत्पादन किन्ने बलियो बनाउन कदम चाल्नेछन् । साथै अपराध न्याय प्रणालीमा सुधार, स्वास्थ्यमा पहुच, सिमाक्षेत्रमा बिछोडिएका परिवारका मिलन लगायतका विषयमा कदम चाल्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com