सबै ५० वटा राज्य र वासिंटन डिसीमा सशस्त्र प्रदर्शन हुनसक्ने भन्दै ‘हाई अलर्ट’


प्रकाशित मिति : माघ ३, २०७७ शनिबार

❒ अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथग्रहण र त्यसको सेरोफेरोमा सबै ५० वटा राज्य र वासिंटन डिसीमा सशस्त्र प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा शतर्कता

❒ संसद भवन परिसरमा क्यापिटल हिल प्रहरीको चेकप्वाइन्ट पार गर्न प्रयास गर्ने एकजना व्यक्ति ५०९ राउण्ड अवैध गोली र दुईवटा बन्दुकसहित पक्राउ

❒ मेरिल्याण्ड, युटाह र न्यु मेक्सिकोका गभर्नरहरुले राज्यमा संकटकालको घोषणा, क्यालिफोर्निया, पेन्सिलभेनिया, मिसिगन, भर्जिनिया, वासिंटन र विसकन्सिनमा सेना सकृय

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथग्रहण र त्यसको सेरोफेरोमा सबै ५० वटा राज्य र वासिंटन डिसीमा सशस्त्र प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा शतर्कता अपनाइएको छ । यो सप्ताहन्तमा हुनसक्ने हिंशात्मक प्रदर्शनलाई रोक्न उच्च सुरक्षा शतर्कता अपनाइएको हो ।

देशभरबाट वासिंटन डिसीमा सेना पठाइएको छ भने सबै ५० राज्यका राज्य संसदमा हुलदंगा हुनसक्ने भन्दै एफबीआईले चेतावनी दिएको छ । वासिंटन डिसीको नेशनल मल बन्द गरिएको छ । सुरक्षा व्यवस्था कडा बनाउनका लागि सडकहरुमा अवरोधहरु बनाइएको छ भने ठाउँ ठाउँमा प्लाइउडहरु ठोकिएको छ ।

संसद भवन परिसरमा क्यापिटल हिल प्रहरीको चेकप्वाइन्ट पार गर्न प्रयास गर्ने एकजना व्यक्तिलाई हतियारसहित पक्राउ गरिएको छ । भर्जिनिया निवासी ती व्यक्तिलाई ५०९ राउण्ड अवैध गोली र दुईवटा बन्दुकसहित पक्राउ गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भर्जिनियाका सांसद डन बेयरले खतरा बास्तविक रहेको भन्दै क्यापिटल हिल क्षेत्रमा नजान प्रेरित गरेका छन् । बाइडेनको समुहले सपथग्रहण समारोहका लागि वासिंटन डिसीमा यात्रा नगर्न सर्वसाधारणहरुलाई अपिल गरिसकेको छ ।

कोरोनाको महामारीको कारण देखाउँदै वासिंटन डिसी नआउन सुझाव दिइएको हो । स्थानीय अधिकारीहरुले सपथग्रहण समारोह भर्चुअल तरिकाले हेर्न प्रोत्साहित गरेका छन् ।

वासिंटन डिसी क्षेत्रमा आइतबार प्रदर्शन हुनसक्ने अनुमान गरिएको छ । ट्रम्पका समर्थकहरु र अति दक्षिणपन्थी अनलाइन नेटवर्कले जनवरी १७ मा वासिंटन डिसीमा सशस्त्र प्रदर्शनको आव्हान गरेको छ । त्यस्तै सपथग्रहण समारोहका दिनमा पनि उनीहरुले प्रदर्शनको आव्हान गरेका छन् ।

केही मिलिसियाहरुले भने प्रदर्शनमा सहभागी नहुन आव्हान गरेका छन् । प्रहरीको पासोमा पर्नसक्ने भन्दै उनीहरुले प्रदर्शनमा सहभागी नहुन आव्हान गरिएको हो ।

यसैबीच मेरिल्याण्ड, युटाह र न्यु मेक्सिकोका गभर्नरहरुले राज्यमा संकटकालको घोषणा गरेका छन् । वासिंटन डिसीमा पनि संकटकालको घोषणा गरिएको छ । क्यालिफोर्निया, पेन्सिलभेनिया, मिसिगन, भर्जिनिया, वासिंटन र विसकन्सिनमा सेनाहरु सकृय बनाइएको छ । टेक्सासले शनिबारदेखि राज्यको संसद बन्दको घोषणा गरेको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com