शुक्रबार कसैलाई नपरेपछि मेगा मिलियन ८५० मिलियन, आज ६४० मिलियनको पावरबल
प्रकाशित मिति : माघ ३, २०७७ शनिबार
❒ शुक्रबार अमेरिकाको मेगा मिलियन लोटरी कसैलाई पनि नपरेपछि अब यो ८५० मिलियन, अमेरिकाको लोटरीकै इतिहासमा तेश्रो ठूलो
❒ आज खोलिने अमेरिकाको पावरबल चिठ्ठा पनि ६४० मिलियन डलर, नगदमा लिएमा झण्डै ४७८ मिलियन डलर प्राप्त हुने
❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
शुक्रबार अमेरिकाको मेगा मिलियन लोटरी कसैलाई पनि नपरेपछि अब यो ८५० मिलियन पुगेको छ । यो मेगा मिलियन ज्याकपट अब आगामी मंगलबार खोलिने भएको छ । अमेरिकाको लोटरीकै इतिहासमा यो तेश्रो ठूलो लोटरी भएको छ ।
आगामी मंगलबार कसैलाई यो चिठ्ठामा ज्याकपट परेमा झण्डै ८ सय ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । एकमुष्ठ नगद लिन चाहेमा झण्डै ६ सय २८ मिलियन लिन सकिनेछ ।
मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।
त्यस्तै आज खोलिने अमेरिकाको पावरबल चिठ्ठा पनि ६४० मिलियन डलर पुगेको छ । आज कसैलाई चिठ्ठा परेमा उक्त व्यक्तिले ६४० मिलियन डलर प्राप्त गर्न सक्नेछन् । एकैपटक नगदमा लिएमा झण्डै ४७८ मिलियन डलर प्राप्त हुनेछ ।

पावरबल यति धेरै भएको सन् २०१९ को मार्चपछि पहिलोपटक हो । अमेरिकाको लोटरीको इतिहासमा यो आठौं ठूलो हो । पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।
गत सेप्टेम्बर १५ यता मेगा मिलियन लोटरी ३५ पटक खोलिएपनि कसैले ज्याकपट जित्न सकेका छैनन् । सेप्टेम्बर १५ मा भने विसकन्सिन निवासीले ११९ मिलियन डलरको ज्याकपट जितेका थिए ।
पावरबल लोटरी पनि सेप्टेम्बर १६ पछि ३४ पटक खोलिसकिएको छ । सेप्टेम्बर १६ मा न्युयोर्क निवासीले ९४ दशमलव ६ मिलियन जितेपछि कसैले पनि ज्याकपट जितेको छैन ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।
त्यस्तै पावरबल लोटरी बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । ज्याकपटक जित्नका लागि २९२ मिलियन टिकटबीच सबैभन्दा भाग्यशाली हुनुपर्छ । यो टिकटको मूल्य पनि २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।






