ट्रम्पले बाइडेनको सपथग्रहणभन्दा केही घण्टा अगाडि नै ह्वाइटहाउस छाड्ने


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

❒ ट्रम्पले  बाइडेनको सपथग्रहण भन्दा केही घण्टा अगाडि नै ह्वाइटहाउस छाड्ने, मेरिल्याण्डमा रहेको सैन्य क्याम्पमा केहीबेर रोकिएर कमाण्डर इन चिफका रुपमा अन्तिम सम्बोधन गर्ने

❒ नव निर्वाचित राष्ट्रपतिको सपथमा सहभागी नहुने ट्रम्पमात्र पहिलो राष्ट्रपति भने होइनन्,  जोन आडम्स, जोन क्वीन्सी आडम्स र एन्ड्रयु जोन्सन पनि नव निर्वाचित राष्ट्रपतिको सपथमा सहभागी भएका थिएनन् ।

❒ जनवरी २० मा वासिंटन डिसीमा खट्ने सेनाको संख्या इराक, अफगानिस्तान र सिरियामा रहेका कुल अमेरिकी सेनाको भन्दा बढी

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

डोनाल्ड ट्रम्पले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथग्रहण गर्नुभन्दा केही घण्टा अगाडि नै ह्वाइटहाउस छाड्ने भएका छन् । ह्वाइटहाउसबाट ट्रम्प मेरिल्याण्डमा रहेको सैन्य क्याम्पमा केहीबेर रोकिएर कमाण्डर इन चिफका रुपमा अन्तिम सम्बोधन गर्ने जनाइएको छ । त्यहाँ उनका लागि बिदाई समारोह राखिनेछ ।

त्यसपछि एयर फोर्स वानमा चढेर ट्रम्प फ्लोरिडामा रहेको आफ्नो निजी रिसोर्ट मार ए लागो जाने जनाइएको छ । न्युयोर्कबाट फ्लोरिडामा बसाई सराई गरिसकेका उनले त्यहाँ रहँदा आफ्ना ह्वाइटहाउसका केही सहयोगीहरुलाई पनि व्यक्तिगत कर्मचारीका रुपमा सँगै राख्ने जनाइएको छ । ट्रम्पले बाइडेनको सपथग्रहण समारोहमा सहभागी नहुने बताइसकेका छन् ।

नव निर्वाचित राष्ट्रपतिको सपथमा सहभागी नहुने ट्रम्पमात्र पहिलो राष्ट्रपति भने होइनन् । जोन आडम्स, जोन क्वीन्सी आडम्स र एन्ड्रयु जोन्सन पनि नव निर्वाचित राष्ट्रपतिको सपथमा सहभागी भएका थिएनन् । ट्रम्पलाई जस्तै जोन्सनलाई पनि महाभियोग लगाइएको थियो । गत बुधबार अमेरिकाको प्रतिनिधिसभाले ट्रम्पलाई महाभियोग लगाइसकेको छ । जसमा १० जना रिपब्लिकन सांसदले समेत साथ दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प अमेरिकी इतिहासमा दुईपटकसम्म महाभियोग लगाइएका पहिलो राष्ट्रपति हुन् । उनलाई शक्तिको दुरुपयोग गरेको अभियोगमा सन् २०१९ को डिसेम्बरमा प्रतिनिधिसभाबाट महाभियोग लगाइएको थियो । तर उनले सिनेटबाट भने उन्मुक्ति पाएका थिए ।

ट्रम्प सहभागी नभएपनि उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी करेन पेन्स भने बाइडेनको सपथमा सहभागी हुने अपेक्षा गरिएको छ । बराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्ल्यु बुस पनि सपत्नी सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । स्वास्थ्य अवस्थाका कारण ९६ बर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर भने सहभागी हुने छैनन् ।

जनवरी ६ मा भएको दंगाफसादपछि बाइडेनको सपथग्रहण समारोहलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । वासिंटन डिसीमा संकटकाल लगाइएको छ भने २० हजार सेना परिचालन गरिदैछ । जनवरी २० मा वासिंटन डिसीमा खट्ने सेनाको संख्या इराक, अफगानिस्तान र सिरियामा रहेका कुल अमेरिकी सेनाको भन्दा बढी हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com