खसोखास आजदेखि १० बर्षमा प्रवेश


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

न्युयोर्कबाट प्रकाशित हुँदै आइरहेको खसोखास आजेदेखि १० बर्षमा प्रवेश गरेको छ । खसोखास सन् २०१२ को जनवरी १५ देखि साप्ताहिक रुपमा प्रकाशन आरम्भ भएको थियो ।

सन् २०१२ को जनवरी १५ मा प्रकाशित पहिलो अंकको कभर

सन् २०१३ को मे ३ देखि प्रेस स्वतन्त्रता दिवशको अवशर पारेर खसोखासले आफ्नै अनलाइन संस्करण खसोखास डटकम सुरुवात गरेको थियो । साथै साप्ताहिक पत्रिकाको नाम समेत परिवर्तन गरेर खसोखास साप्ताहिक बनाएको थियो । त्यसैदिनदेखि दैनिक वेवपत्रिका समेत सुरुवात गरेको थियो ।

नाम परिवर्तन र अनलाइनको शुभारम्भको अवशरमा सन् २०१३ को मे ३ मा खसोखास पढ्दै पाठकहरु

त्यो यता खसोखास निरन्तर रुपमा साप्ताहिक ट्वाबलोइड पत्रिका र अनलाइनका रुपमा प्रकाशन हुँदै आएकोमा सन् २०१७ देखि साप्ताहिक म्यागजिनका रुपमा प्रकाशन गरिएको थियो ।

अमेरिकी सांसद यभेट क्लार्कका साथमा खसोखास

विगतमा लुम्बिनी इन्टरनेशनल इन्कले प्रकाशन गर्दै आएको खसोखास सन् २०१८ को जनवरीदेखि नमस्ते मिडिया इन्कले प्रकाशन गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

khasokhas
न्युयोर्कको क्वीन्स लाइब्रेरीमा खसोखास

खसोखासले सुरुवातदेखि नै अमेरिकामा रहेको नेपाली समुदायका चासोको विषयहरु र इमिग्रेशनलाई महत्व दिंदै आएको छ । कोरोनाको महामारीमा कोरोना भाइरस श्रोत केन्द्र नै संचालन गरेको खसोखासले अमेरिकी राजनीतिलाई पनि प्राथमिकता दिदै आएको छ ।

खसोखास केही समय नेपालमा पनि वितरण गरिएको थियो ।

खसोखास १० बर्षमा प्रवेश गरेको अवशरमा प्रकाशक तथा प्रधानसम्पादक किशोर पन्थीले खसोखासका पाठक, विज्ञापनदाता, शुभचिन्तक, सहयोगी लगायत सबैलाई धन्यवाद दिएका छन् ।

खसोखास पढ्दै

खसोखास ‘खसोखास डटकम’का अतिरिक्त गुगल बुक्स र गुगल न्युजमा पनि उपलब्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com