७५० मिलियनको मेगा मिलियन डलरको लोटरी आज खोलिदै, इतिहासकै दोश्रो ठूलो


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

आज खोलिने मेगा मिलियन लोटरी मेगा मिलियनको इतिहासमा दोश्रो ठूलो र अमेरिकाको लोटरीको इतिहासमा पाँचौ ठूलो

आज कसैलाई यो चिठ्ठामा ज्याकपट परेमा झण्डै ७ सय ५० मिलियन अमेरिकी डलर प्राप्त गर्ने, एकमुष्ठ नगद लिन चाहेमा झण्डै ५ सय ५० मिलियन अमेरिकी डलर

भोलि खोलिने पावरबल चिठ्ठा पनि ६४० मिलियन डलर, कसैलाई परेमा ६४० मिलियन डलर प्राप्त गर्न सक्ने, एकैपटक नगदमा लिएमा झण्डै ४७८ मिलियन डलर

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

अमेरिकाको इतिहासमा नै दोश्रो ठूलो मेगा मिलियन लोटरी आज बेलुका खोलिदैछ ।  झण्डै ७ सय ५० मिलियन डलरको मेगा मिलियन ज्याकपट आज खोलिने भएको छ । मेगा मिलियनको इतिहासमा दोश्रो ठूलो यो लोटरी अमेरिकाको लोटरीको इतिहासमा पाँचौ ठूलो हो ।

गत मंगलबार राती कसैलाई नपरेपछि आज शुक्रबार राती अर्को चिठ्ठा खोल्न लागिएको हो । आज कसैलाई यो चिठ्ठामा ज्याकपट परेमा झण्डै ७ सय ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । एकमुष्ठ नगद लिन चाहेमा झण्डै ५ सय ५० मिलियन लिन सकिनेछ ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै शनिबार खोलिने अमेरिकाको पावरबल चिठ्ठा पनि ६४० मिलियन डलर पुगेको छ । शनिबार कसैलाई चिठ्ठा परेमा उक्त व्यक्तिले ६४० मिलियन डलर प्राप्त गर्न सक्नेछन् । एकैपटक नगदमा लिएमा झण्डै ४७८ मिलियन डलर प्राप्त हुनेछ ।

पावरबल यति धेरै भएको सन् २०१९ को मार्चपछि पहिलोपटक हो । अमेरिकाको लोटरीको इतिहासमा यो आठौं ठूलो हो । पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

गत सेप्टेम्बर १५ यता मेगा मिलियन लोटरी ३४ पटक खोलिएपनि कसैले ज्याकपट जित्न सकेका छैनन् । सेप्टेम्बर १५ मा भने विसकन्सिन निवासीले ११९ मिलियन डलरको ज्याकपट जितेका थिए ।

पावरबल लोटरी पनि सेप्टेम्बर १६ पछि ३४ पटक खोलिसकिएको छ । सेप्टेम्बर १६ मा न्युयोर्क निवासीले ९४ दशमलव ६ मिलियन जितेपछि कसैले पनि ज्याकपट जितेको छैन ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

त्यस्तै पावरबल लोटरी बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । ज्याकपटक जित्नका लागि २९२ मिलियन टिकटबीच सबैभन्दा भाग्यशाली हुनुपर्छ । यो टिकटको मूल्य पनि २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com