बाइडेन कार्यकालको सुरुको १ सय दिनमा एक सय मिलियन भ्याक्सिन डोज वितरण सम्भव


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

❒ बाइडेनको कार्यकालको सुरुको १ सय दिनमा एक सय मिलियन कोरोनाबिरुद्धको भ्याक्सिनका डोज वितरण सम्भव

❒ बाइडेनले आज भ्याक्सिन वितरणको योजनाबारे सम्बोधन गर्ने, अर्कोसाता राष्ट्रपतिको कार्यभार सम्हाल्दै 

❒ अमेरिकामा अहिलेसम्म झण्डै ३१ मिलियन कोरोनाबिरुद्धको भ्याक्सिनको डोज वितरण, ११ मिलियन भ्याक्सिनका डोजहरु प्रदान 

❒ २० मिलियन जनसंख्या भएको न्युयोर्कमा झण्डै २ मिलियन डोज प्राप्त, झण्डै ७ मिलियन जनसंख्या भ्याक्सिन लगाउनका लागि योग्य, कुल जनसंख्याको झण्डै साढे ३ प्रतिशतलाई भ्याक्सिन

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालको सुरुको १ सय दिनमा एक सय मिलियन कोरोनाबिरुद्धको भ्याक्सिनका डोज वितरण सम्भव भएको अमेरिका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले बताएका छन् । फाउचीले बाइडेनको मेडिकल सल्लाहकारका रुपमा काम गर्दैछन् ।

फाउचीले भनेका छन् -‘हामीले यसबारे बाइडेनको टीमसँग सल्लाह गरेका छौं । र यो सम्भव हुने हामी ठान्छौं । अहिलेका लागि हामी दैनिक ५ लाखबाट साढे सात लाख भ्याक्सिन वितरण गर्न सुरु गरिसकेका छौं । यो गर्न सकिने काम हो । यदि हामीले गर्न सकेमा अमेरिकाको अधिकांश जनसंख्याले सयदिनभित्र भ्याक्सिन प्राप्त गर्नेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि ७० देखि ८५ प्रतिशतले भ्याक्सिन प्राप्त गरेको खण्डमा हर्ड इम्युनिटीको छाता प्राप्त हुनसक्ने फाउचीले बताए । अमेरिकामा एकातिर भ्याक्सिन वितरण तीब्र गतिमा भइरहेको छ भने अर्कोतर्फ संक्रमितहरुको संख्या पनि निकै डरलाग्दो रहेको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले आज भ्याक्सिन वितरणको योजनाबारे सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । अर्कोसाता राष्ट्रपतिको कार्यभार सम्हाल्दै गरेका बाइडेनले आज दिउसो पौने ४ बजे डेलाबरबाट सम्बोधन गर्नेछन् ।

अमेरिकामा अहिलेसम्म झण्डै ३१ मिलियन कोरोनाबिरुद्धको भ्याक्सिनको डोज वितरण भइसकेको छ । ११ मिलियन भ्याक्सिनका डोजहरु प्रदान गरिसकिएको छ । जसमध्ये झण्डै १० मिलियन पहिलो डोज प्राप्त गर्नेहरु रहेका छन् । झण्डै डेढ मिलियनले दोश्रो डोज पनि प्राप्त गरिसकेका छन् ।

२० मिलियन जनसंख्या भएको न्युयोर्कले झण्डै २ मिलियन डोज प्राप्त गरिसकेको छ । न्युयोर्कमा झण्डै ७ मिलियन जनसंख्या भ्याक्सिन लगाउनका लागि योग्य भइसकेको छ । न्युयोर्कमा कुल जनसंख्याको झण्डै साढे ३ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com