जो बाइडेनको १.९ ट्रिलिययनको राहत प्याकेज: १४ सयको चेक, बेरोजगारलाई साप्ताहिक ४ सय


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

संसदबाट पारित र जनवरीको पहिलो सातादेखि प्राप्त ६ सय डलरको राहत चेकका अतिरिक्त १४ सय डलरको राहत चेक जोडेर कुल रकम २ हजार डलर प्रस्ताव

बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिदै आएकोमा बाइडेनको प्याकेजमा त्यसलाई बढाएर ४ सय डलर बनाउने

महामारी बेरोजगारी कार्यक्रमहरु मार्च १४ सम्ममात्र कायम रहेकोमा बाइडेनको प्याकेजमा त्यसलाई सेप्टेम्बरसम्म लम्बाउने, सेप्टेम्बरसम्म फुड स्ट्याम्पमा १५ प्रतिशत बृद्धि

साना विजनेशहरुलाई पेचेक प्रोटेक्सन कार्यक्रम बाहेकको राहत कार्यक्रमका लागि १५ बिलियन डलर

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको राहत प्याकेज १ दशमलव ९ ट्रिलियन डलरको रहेको छ । यो प्याकेज बाइडेनले आजै औपचारिक रुपमा सार्वजनिक गरेका छन् । जसमा ठूलो राहत चेक, बेरोजगारी विमाका अतिरिक्त ठूलो रकम, साना विजनेशलाई सहयोग, कोरोनाबिरुद्धको खोप र परीक्षणमा थप सहयोग समेटिएको छ ।

प्याकेजमा १४ सय डलरको राहत चेक समेटिएको छ । संसदबाट पारित र जनवरीको पहिलो सातादेखि प्राप्त ६ सय डलरको राहत चेकका अतिरिक्त १४ सय डलरको राहत चेक जोडेर कुल रकम २ हजार डलर प्रस्ताव गरिएको छ । डेमोक्रेटिक सांसदहरुले प्रतिनिधिसभाबाट २ हजार डलरको राहत चेक पारित गरेपनि रिपब्लिकनहरुले सिनेटमा रोकेका थिए । अब सिनेटमा पनि डेमोक्र्याट्सको बहुमत हुने भएको छ ।

बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिदै आएकोमा बाइडेनको प्याकेजमा त्यसलाई बढाएर ४ सय डलर बनाउने उल्लेख छ । महामारी बेरोजगारी कार्यक्रमहरु मार्च १४ सम्ममात्र कायम रहेकोमा बाइडेनको प्याकेजमा त्यसलाई सेप्टेम्बरसम्म लम्बाउने विषय समावेश छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनको योजनामा भाडा सहायता कार्यक्रमका लागि २५ बिलियन डलर प्रदान गर्ने उल्लेख छ । यो रकम डिसेम्बरमा संसदबाट पारित २५ बिलियन डलरका अतिरिक्त हुनेछ । महामारीमा काम गुमाएका र कम आम्दानी भएका अमेरिकनलाई भाडा सहायताका लागि यो कार्यक्रम ल्याइएको हो ।

प्याकेज प्रस्तावमा थप ५ बिलिलयन युटिलिटी बिलहरु तिर्न नसकेका कम आम्दानी भएका परिवारका लागि छुट्याइएको छ । त्यस्तै घरबारविहिनताको अवस्थाको जोखिममा रहेकाहरुको सहायताका लागि ५ बिलियन डलर छुट्याइएको छ ।

बाइडेनको प्याकेजमा आगामी सेप्टेम्बरसम्म फुड स्ट्याम्पमा १५ प्रतिशत बृद्धि गर्ने उल्लेख छ । बालबालिकाहरुको ट्याक्स क्रेडिट बढाउने विषय पनि प्याकेजमा उल्लेख छ । ६ बर्ष मुनीका बालबालिकाहरुका लागि ३६ सय डलर र ६ देखि १७ बर्षसम्मका बालबालिकाहरुका लागि ३ हजार डलर ट्याक्स क्रेडिट प्याकेजमा समावेश छ ।

बाइडेनको प्याकेजमा इमर्जेन्सी तलबी विदाको सुविधा सेप्टेम्बरसम्म लम्बाउने उल्लेख छ । साना विजनेशहरुलाई पेचेक प्रोटेक्सन कार्यक्रम बाहेकको राहत कार्यक्रमका लागि १५ बिलियन डलर छुट्याउने पनि प्याकेजमा समावेश छ ।

प्याकेजमा राज्यहरुका लागि र विद्यालयहरुका लागि समेत रकम छुट्याइएको छ । त्यस्तै न्यूनतम तलब बृद्धि र भ्याक्सिन वितरण तथा परीक्षणको विषय पनि प्याकेजमा समावेश गरिएको छ ।

यो कार्यक्रम लागु हुनका लागि संसदबाट पारित हुनुपर्नेछ । जनवरी २० मा बाइडेनले सपथ ग्रहण गरिसकेपछिमात्र यो प्रकृया अगाडि बढ्नेछ ।

प्याकेजमा धेरै भन्दा धेरै रिपब्लिकनको सहमति जुटाउन प्रयास गरिनेछ । यदि सिनेटमा रिपब्लिकनको समर्थन जुटाउन नसकेको खण्डमा यो प्याकेज मेलमिलाप अन्तरगत पारित गर्न सकिनेछ । खर्चका मापदण्डहरुका सन्दर्भमा प्रयोग गरिने यो प्रकृयामा सामान्य बहुमत भए पुग्ने भएकाले फिलिबस्टर ६० भोटका लागि रिपब्लिकनको समर्थन आवश्यक पर्दैन ।

फिलिबस्टर भोटका लागि सिनेटमा अधिकांश बिलका लागि ६० भोटको आवश्यकता पर्छ । जर्जियाको सिनेटको चुनावको प्रमाणिकरण भइसकेपछि सिनेटमा रिपब्लिकन र डेमोक्र्याट्सका पचास पचास सिट हुनेछन् । उपराष्ट्रपतिले गर्ने टाइब्र्रेक मतका आधारमा सिनेटमा ५१ मतका साथ डेमोक्र्याट्सको नियन्त्रण कायम हुनेछ । यो अवस्थामा फिलिबस्टर नचाहिने डेमोक्रेटिक बिलहरु सहजै पारित हुनेछन् ।

राहत चेकका सन्दर्भमा पहिले नै कैयन रिपब्लिकन सांसदहरुको समर्थन रहेकाले यसमा समस्या नहुने देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com